मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

भारतको विभिन्न स्थानमा जाने नेपालीहरु दुख पाउने र ठगिने समस्याको अन्त्य गर्ने व्यवसायीहरुको प्रतिबद्धता

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
१२ मंगशिर २०८१, बुधवार

बाँके  । अम्बिकेश्वरी सेवा सुबिधा यातायात प्रालीले बुधबार नेपालगन्जमा नेपाल तथा भारतमा रहेका यातायात ब्यवसायी, कर्मचारी तथा गाडी मालिकहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्मान गरेको छ ।

नेपालबाट भारतको विभिन्न स्थानमा जाने नेपालीहरु समस्यामा पर्ने, ठगिने र बीचबाटोमै अलपत्र पर्ने जस्ता घटनाहरु घटिरहेको अवस्थामा यातायात ब्यवसायमा सम्वद्द सबैलाई एउटै मञ्चमा राखेर प्रालीले समस्या समाधानको लागि पहल गरेको प्रालीका अध्यक्ष गोपाल ओलीले जानकारी दिनु भयो । उहाँले यात्रुलाई दुख नहुने गरी गाडी संचालन गर्ने जिकिर गर्नुभयो ।

कार्यक्रममा यातायात मजदुर, ब्यवसायी तथा कर्मचारी र गाडी मालिकले अम्बिकेश्वरी सेवा सुबिधा यातायात प्रालीले नीति नियम र कानुनलाई मान्दै यातायात कर्मचारी, यात्रु र गाडी मालिकको समेत राम्रो हुने गरि काम गर्ने बताउनु भयो ।

कार्यक्रममा यातायात ब्यवसायी, कर्मचारी तथा गाडी मालिकहरुले ब्यवसायको चुनौती र सेवाग्राहीको सहजताको लागि रणनिती बनाएर अगाडि बढ्ने नेपाल र भारतका यातायात व्यवसायीहरुले प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा अम्बेकशेवरी सेवासुविधा यातायात प्रालीका उपाध्यक्ष प्रकाश खत्री,जयमा दुर्गा टुर एण्ड ट्राभल्स काेटखाईका देबेन्द्र बुढा, जलजला टुर एण्ड ट्राभल्सका लिलामणि थापा, श्रीराम ट्रान्सपाेर्ट गुम्माका भिम बहादुर सुनार, सुर्यबंशि टुर ट्राभल्स सिम्लाका नरेश ओली, सेर सिंह ओली, भिम थापा, प्रालीका सचिव डम्बर केसी, प्रालीका इन्चार्ज दिलिप कार्की, दिलिप कार्की, मनाेज केसी, सागर आले, टीका भण्डारी, कृष्ण पुन लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार