मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

कतार च्यारिटीको सहयोगमा बाँके युनेस्कोद्धारा अतिविपन्न ३२० परिवारलाई खाद्यान्न वितरण

यूथ टुडे समाचारदाता 3524+ समाचार ( )
२६ फाल्गुन २०८०, शनिबार

नेपालगन्ज । रमजान पर्वलाई ध्यानमा राखेर मुस्लिम समुदायका अति बिपन्न ३२० परिवारलाई बाँके युनेस्को क्लबले खाद्यान्न सामाग्री बितरण गरेको छ ।

कतार च्यारिटी नेपालको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबले शनिवार यहाँ आयोजना गरिएको एक कार्यक्रममा बाँकेका विपन्न परिवारलाई खाद्यान्न सामाग्री वितरण गरेको हो ।  

सो कार्यक्रममा लुम्बिनी प्रदेशका निवर्तमान सहरी विकास मन्त्री कृष्णा केसी नमुना, कतार च्यारिटी दोहाका जनरल सुपरभाइजर मेतेब साइद अल्मर्री र कतार च्यारिटी नेपालका कन्ट्री डायरेक्टर मोहम्मद वकासले संयुक्त रुपमा खाद्यान्न वितरणको शुरुवात गर्नुभयो ।

सो अवसरमा बोल्दै लुम्बिनी प्रदेशका निवर्तमान सहरी विकास मन्त्री कृष्णा केसी नमुनाले अतिविपन्न परिवारको छनोट गरेर रमजानका लागि खाद्यान्न वितरण गरिनु निकै सराहनीय कार्य भएको जनाउँदै यसबाट चाडपर्व मनाउन सहज हुने बताउनुभयो । 

उक्त अवसरमा बोल्दै कतार च्यारिटी दोहाका जनरल सुपरभाइजर मेतेब साइद अल्मर्रीले खाद्यान्न वितरण गर्न पाउँदा खुशी लागेको जनाउँदै यसले रोजा बस्न र रमजान पर्व मनाउन सहयोग गर्ने बताउनुभयो । 

सो अवसरमा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफान, आईडियल पब्लिक स्कुलका शिक्षक मोहम्मद ईलियास, बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधर, प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी र कार्यकारी निर्देशक साजिद अलि सिद्दिकीले आ आफ्नो भनाई राख्नु भएको थियो । 

विपन्न परिवारलाई वितरण गरिएको खाद्यान्नमा हरेक परिवारलाई २५ किलो चामल, ५ किलो पिठो, ५ लिटर खाने तेल, ३ केजी चना, २ केजी चिनि, एक पैकेट नुन र एक किलो सेवई गरेर ४ हजार २३८ रुपियाँको सामाग्री रहेको बाँके युनेस्को क्लबका अध्यक्ष तुलाधरले बताउनु भयो ।   

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार