मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

कालोबजारीलाई नियन्त्रण गर्न जानकी गाँउपालिकाले सुरु गर्यो बजार अनुगमन

महमूद आलम खान 1133+ समाचार ( )
म्याद गुज्रेको खाद्य पदार्थ र अवैध रुपमा राखिएको मदिरा नष्ट
२१ अशोज २०७८, बिहीबार

बाँके। बाँकेको जानकी गाउँपालिकाले चाडपर्वको समयमा हुनसक्ने मूल्यवृद्धि तथा कालोबजारीलाई मध्यनजर गरी बजार अनुगमन गरेको छ । 

बिहीवार गाउँपालिकाको वडा नं। ६ स्थित पिप्रहवा बजारमा अनुगमन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बस बहादुर रानाले जानकारी दिनुभयो । अनुगमनका क्रममा म्याद नाघेका उपभोग्यवस्तु, अखाद्य तेल, दर्ता नगरेरै मदिरा तथा सुर्तीजन्य वस्तुको बिक्री वितरण गरेको पाईएको युथ टुडेलाई बताउनु भयो ।

पिप्रहवास्थित खुदरा किराना एण्ड खाद्य स्टोर, प्रमोद गुप्ता स्टोर एण्ड सप्लायर्स, सुवोध स्टोर र रौनक जनरल स्टोरमा अनुगमन गर्दा १४ हजार २ सय ११ बराबरको म्याद गुज्रेको खाद्य पदार्थ र अनुमति नलिई बिक्री वितरणको लागि राखिएको ४ हजार बराबरको मदिरा र सुर्तीजन्य पदार्थ जफत गरेर नष्ट गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रानाले बताउनु भयो । 

जिल्ला प्रशासन कार्यालय बाँकेका महेश्वर पौडेल, जानकी गाँउपालिकाका गोपी चौलागाइ, खाद्य प्रविधि गुण नियन्त्रण कार्यालयका विवेक सुवेदी, इलाका प्रहरी कार्यालय खजुराखुद्र्धका इन्चार्ज प्रहरी नायव निरीक्षक रुद्रबहादुर रावल सहितको टोलीले बजार अनुगमन गरेको जानकी गाउँपालिका बजार अनुगमन समितिका संयोजक जितबहादुर श्रेष्ठले युथ टुडेलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार, बिहीवार पिप्रहवा बजारका किराना पसल सँगै अन्नपूर्ण भोजनालय, पाल ट्रेडर्स, मेडिकल लगायत १० वटा पसलको अनुगमन गरिएको जसका धेरै पसल र व्यवसायीलाई सचेत गराईएको जिकिर गर्नु भयो ।

चाडपर्वको बेला उपभोक्ता ठगिन नदिनको लागि गाउँपालिकाले नियमित रुपमा अनुगमन कार्यलाई निरन्तरता दिने प्रमुख प्रशासकीय अधिकृत रानाको प्रतिबद्धता थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार