मुख्य समाचार
सीमा सुरक्षामा खटिएका प्रहरीको बेहाल, पाँच दशक पुरानो भवनमा जोखिमपूर्ण सेवा | बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु |

बाँके क्षेत्र नं १ को क मा नमुनाको जित निश्चित

यूथ टुडे समाचारदाता 3600+ समाचार ( )
आउँदो आइतबार अर्थात मंसिर ४ गते हुने निर्वाचनमा गठवन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार नमुनाले यसअघि गरेको बिकासका कारण क्षेत्र नम्बर १ को राप्तीसोनारी र नरैनापुरका स्थानीयहरुले जिताउन लागि परेका छन् ।
१ मंगशिर २०७९, बिहीबार

बाँके । बाँके निर्वाचन क्षेत्र नम्बर १ (क) बाट बिकासप्रेमी गठवन्धनका उम्मेदवार कृष्ण केसी (नमुना)को जित निश्चित बनेको छ ।

आउँदो आइतबार अर्थात मंसिर ४ गते हुने निर्वाचनमा गठवन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार नमुनाले यसअघि गरेको बिकासका कारण क्षेत्र नम्बर १ को राप्तीसोनारी र नरैनापुरका स्थानीयहरुले जिताउन लागि परेका छन् । 

बाँकेको बघौडा भनेर चिनिने नरैनापुरको विकासका लागि नमुनाले गरेको सर्हानिय कार्यका कारण नरैनापुरवासीले नमुना बाहेक अरु उम्मेदवार योग्य र सक्षम नभएको बताउछन् । उम्मेदवार नमुनाले जनप्रतिनिधि हुँदा र नहुँदादेखि नरैनापुर, राप्तीसोनारी लगायत जिल्लाको समृद्धिका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको राप्तीसोनारी र नरैनापुरका मतदाताहरुको भनाइ छ ।

जटिल अवस्थाबाट गुज्रिएको नरैनापुरको अन्धकारलाई नमुनाले विद्युतीकरण गर्न र जिल्ला सदरमुकाम नेपालगन्जसँग सडक सञ्जालले जोड्न उनले अगुवाइ गरेकी थिइन् । ‘नमुना मर्दादेखि पर्दासम्म हामी जनताकै साथमा हुनुहुन्छ,’ नरैनापुरका असिज खाँले भने, ‘अरु उम्मेदवार चुनावमा भोट माग्न मात्र आउँछन् । चुनाव सकिएपछि कहिलै गाउँमा फर्किँदैनन् । तर नमुना दुःख पीडा हुँदा र खुसी हुँदा जनताकै साथमा हुनुहुन्छ ।’      

विकासवादी नेतृलाई हामीले चुनावमा जिताउनै पर्ने यहाँका मतदाताले जनाएका छन् । नमुनाले यसपालिको चुनाव नजिते पुनः राप्तीपारि पछाडि पर्ने उनीहरु बताउँछन् । राप्तीपारिको समृद्धि र विकासका लागि यसपालि नमुनाको विकल्प अरु नभएको यहाँका मतदाताको भनाइ छ । नाम पनि नमुना र काम पनि नमुना भएकै कारण राप्तीसोनारी र नरैनापुरवासी यसपटक पनि नमुना रोज्दै उनलाई जिताउन आतुर रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार