मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

कोहलपुरमा माओवादीका ४५ टोल कमिटी गठन

महमूद आलम खान 1133+ समाचार ( )
बाँके माओबादी केन्द्र जनताको प्रिय पार्टी बन्दै
२७ कार्तिक २०७८, शनिबार

कोहलपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) लाई पुर्न गठन अभियान अन्र्तगत शनिवार ४० वटा टोल कमिटी गठन गरिएको छ । कोहलपुर पालिका १५ वटै वडामा ४५ वटा टोल कमिटी गठन गरिएको हो । 

जस अन्र्तगन कोहलपुर नगरपालिका वडा नं १ मा ७ वटा , कोहलपुर नगरपालिका वडा नं २ मा ७ वटा , कोहलपुर ३ मा ४ ओटा , कोहलपुर ५ मा ४ वटा , वडा नं ६ मा २ वटा , वडा नं ९ मा ८ वटा टोल कमिटी गठन गरिएको हो । 

त्यसैगरी वडा नं १० मा ४ वटा , वडा नं १२ मा ४ वटा ,वडा नं १३ मा ३ वटा र वडा नं १४ मा २ वटा टोल कमिटी गठन गरिएको माओवादी केन्द्र कोहलपुरका अध्यक्ष तुला राज बिष्टले जानकारी दिए । बिष्टले केही वडामा आज सुरु गरिएको र केही वडामा आईतवार टोल कमिटी निर्माण गरिने जानकारी दिए । आज सुरु गरिएका वडाका केही टोलमा समेत टोल कमिटी निर्माण गर्न बाँकी रहेको उनले जानकारी दिए । 

बढिमा १९ सदस्यीय टोल कमिटी गठन कार्यक्रम ३ गते सम्म जारी रहने माओवादी केन्द्रले जनाएको छ । कोहलपुर क्षेत्रका १५ वटा वडामा १ सय बढि टोल कमिटी गठन गरिने माओवादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपानेले जानकारी दिए । हरेक टोलमा माओवादी हरेक घरमा माओवादी भन्ने नारका साथ आर्कमक तरिकाले पार्टी सदस्यता बितरण तथा कमिटी निमाण अभियान सुरु गरिएको उनले जानकारी दिए । 

माओवादी केन्द्रले ४ गते वडा सम्मेलन र १२ गते नगर सम्मेलन गर्ने मिती तय भई सकेको छ । आगामी स्थानिय तहको निर्वाचन लाई मध्येनजर गदै संगठन निर्माण अभियान लाई तिब्रता दिईएको उनको भनाई छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार