मुख्य समाचार
नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण | करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक | जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता |

कोहलपुरको विकासका लागि सहकार्य गर्छु - प्रदेश सभा सदस्य नमुना

यूथ टुडे समाचारदाता 3515+ समाचार ( )
बाँके क्षेत्र नम्बर १ (१) बाट निर्वाचित प्रदेश सांसद कृष्णा केसी (नमुना)ले कोहलपुरको विकासका लागि सहकार्य र समन्वय गरेर अगाडि बढ्ने बताएकी छिन्
२१ मंगशिर २०७९, बुधवार

बाँके । बाँके क्षेत्र नम्बर १ (१) बाट निर्वाचित प्रदेश सांसद कृष्णा केसी (नमुना)ले कोहलपुरको विकासका लागि सहकार्य र समन्वय गरेर अगाडि बढ्ने बताएकी छिन् । बुधबार कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्य लगायतका जनप्रतिनिधिसँग भएको भेटमा उनले विकास निर्माणका काममा सहकार्य गरेर अगाडि बढ्ने बताएकी हुन ।

कोहलपुर आफ्नो निर्वाचन क्षेत्रमा नपर्ने भए पनि यहाँको विकास र समृद्धिका लागि आफूले सक्दो सहयोग गर्ने सांसद नमुनाले बताइन् । ‘कोहलपुरका धेरै योजनाका लागि अघिल्लो कार्यकालमा समेत धेरै बजेट आएका छन्,’ उनले भनिन्, ‘दोस्रोपटक समेत यो क्षेत्रबाट म निर्वाचित नभए पनि कोहलपुरको विकासमा मैले सक्दो योगदान गर्छुँ ।’

कोहलपुर नगरपालिकासँग विकासका लागि सहकार्य र समन्वय गरेर आफू अगाडि बढ्ने प्रदेश सांसद नमुनाले दाबी गरिन् । ‘यो क्षेत्र मेरो निर्वाचन क्षेत्र नभए पनि यहाँको विकास समृद्धि गर्ने कुरामा म पछि हट्ने छैन,’ उनले अगाडि थपिन्, ‘स्थानीय सरकारसँग सहकार्य र समन्वय गरेर प्रदेश सरकारबाट योजनाहरु पार्न भूमिका खेल्छुँ ।’

मेयर आचार्य र नगर प्रवक्ता तथा वडा नम्बर १५ का अध्यक्ष दिपेन्द्र चौधरीले नवनिर्वाचित सांसद नमुनालाई खादा लगाएर नगरपालिकामा स्वागत गरेका थिए । उनीहरुले सांसद नमुनालाई कोहलपुरमा प्रदेश सरकारबाट विभिन्न विकास निर्माणका योजना पार्नको लागि भूमिका खेल्न आग्रह गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार