मुख्य समाचार
शान्ति सुरक्षामा प्रहरीको उपस्थिति जनाई प्रमाणमुखी अपराध अनुसन्धान गर्न डिआइजी भट्टको निर्देशन | प्रभावकारी प्रहरी सेवा प्रदान गर्न प्रजिअ जोशीको निर्देशन | जानकीमा १७ हजार गाईभैंसीलाई महामारी विरुद्धको भ्याक्सिन लगाउन सुरु | मलेसिया सरकारले रोजगारदाता परिवर्तन गर्ने | मुस्लिम महिलाहरुलाई नेतृत्व बिकास तालिम | तीनकुने घटनाको अनुसन्धान सकियो, केही दिनमै सार्वजनिक हुने | सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, प्रश्नमा मन्त्रीहरुले जवाफ दिने | मुस्लिम समुदायका व्यक्तिलाई कुटपिट गरेर बंगुरको खोरमा थुनेको भन्दै सांसद खानको आपत्ति | महाकाली मन्दिर परिसरमा योग समिति नेपालको ३९औं योग केन्द्र शुभारम्भ | हज यात्रीलाई भव्य विदाइ |

नेपालगंज–नानपारा १३२ केभी अन्तरदेशीय प्रसारण लाईन निर्माण गरिने

यूथ टुडे समाचारदाता 2657+ समाचार ( )
६ चैत्र २०८१, बिहीबार

बाँके । नेपाल विद्युत प्राधिकारले नेपालगंज–नानपारा १३२ केभी अन्तरदेशीय प्रसारण लाईन निर्माण गर्ने भएको छ । बाँकेको जानकी गाँउपालिका–५ मा निमार्णधिन न्यु–नेपालगंज १३२÷३३ केभी सबस्टेशन देखि नेपाल–भारत सीमा (दशगना क्ष्ोत्र) सम्म १६.३८ किलोमिटर डबल सर्किट प्रसारण लाईन तथा पुरानो नेपालगंज ९ मा रहरेको ३३÷११ केभी सबस्टेशन सम्म ६.१५ किलोमिटर मल्टी सर्किट गरी कुल २२.५३ किलोमिटर लामो प्रसारण लाईन निमार्ण गरिने भएको नेपाल बिद्युत प्राधिकरण नेपालगंज वितरण केन्द्रका प्रमुख इन्जिनियर जगन्नाथ लामिछानेले जानकारी दिनु भयो । 

अन्तरदेशीय प्रसारण लाईन निर्माण गर्नका लागि अनुमति माग्दै प्राधिकरणले विद्युत विकास विभागमा आवेदन दिएको लामिछानेले बताउनु भयो । कुल ८३ वटा टावरहरु निर्माण गरिने प्रसारण लाईन अन्तरगत एसिएसआर ‘बिइएआर कन्डक्टर’ जडान गरिने छ । प्रसारण लाइन अन्तरगतका टावरहरुको उचाई ३० देखि ४९.५ मिटर सम्म रहने छन भने दुई टावरबीचको दुरी ११८.७४ देखि ४३१.५७ मिटर सम्म रहने छन् । 

प्रसारण लाइन आयोजना निर्माण गर्दा उल्लेखनीय असर पर्ने भए ३५ दिन भित्र आफनो लिखित राय तथा प्रतिक्रिया दिन सरोकारवाला सबैमा आव्हान गर्दै विद्युत विकास विभागले आज सूचना जारी गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार