मुख्य समाचार
करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक | जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता | रासायनिक मलको आपूर्ति थप सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो |

उम्राका लागि जान लागेका बाँकेका मुस्लिमहरुलाई अध्यक्ष शाहले गरे बिदाई

यूथ टुडे समाचारदाता 3514+ समाचार ( )
नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले उम्राका लागि जाने मुस्लिमहरुलाई नेपालगंज विमानस्थलबाट बिदाई गर्नु भएको थियो ।
११ मंगशिर २०७९, आइतबार

बाँके ।  इस्लाम धर्मालम्वीहरुको प्रमुख तीर्थस्थल साउदी अरेबियाको मक्कामा उम्राका लागि जाने मुस्लिमहरुलाई नेपालगंजबाट औपचारिक रुपमा आज बिदाई गरिएको छ ।

नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले उम्राका लागि जाने मुस्लिमहरुलाई नेपालगंज विमानस्थलबाट बिदाई गर्नु भएको थियो । उम्राका लागि जान लागेका तिर्थयात्रीहरुलाई बिदाई गर्दै अध्यक्ष शाहले देशको समृद्धि, शान्ति र एकताका लागि समेत प्राथना गर्न आग्रह गर्नु भएको थियो ।

उम्रा गरेपछि मनोकामना पुरा हुने, मृत्युपछि बैकुण्ठ (जन्नत)मा बास हुने विश्वास गरिन्छ । त्यस्तै हर्ज तथा उम्रामा जानेले परिवारको सुख, शान्ति तथा समृद्धिको मनोकामना समेत गर्ने र त्यो प्राप्त हुने विश्वास रहेको छ ।

संविधान सभा सदस्य हाजी अब्दुल हमिद सिद्धिकि, जामा मस्जिदका पूर्व अध्यक्ष अब्दुल रहमान मिया लगायतका व्यक्तिहरु नेपालगंज बिमान स्थलमा पुगेर बिदाई गर्नु भएको थियो । उहाँहरु साउदीको मक्का र मदिनामा करिव २० दिन उम्रा गर्नुहुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार