मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

राप्रपा नेपालकाे केन्द्रीय उपाध्यक्षमा बाँकेका राय मनाेनित

महमूद आलम खान 1133+ समाचार ( )
राप्रपा नेपाल प्रति क्रेज बढ्दै
१८ फाल्गुन २०७८, बुधवार

बाँके । राप्रपा नेपालको केन्द्रिय उपाध्यक्षमा बाँकेका प्रतिष्ठित उद्यमी राजेन्द्र विर राय चयन भएका छन् ।

अध्यक्ष कमल थापाले पाटीको विधान अनुसार १६ जनालाई उपाध्यक्ष र सह महामन्त्रीको रुपमा पदाधिकारी मनोनयन गरेका हुन् । उपाध्यक्षमा चयन भएका राय यस क्षेत्रका प्रतिष्ठित उद्यमी तथा समाजसेवीका रुपमा परिचित छन् । उनले विभिन्न उद्योग उद्यमशीलतामार्फत सयौं युवाहरुलाई रोजगारी समेत प्रदान गर्दै आइरहेका छन् । संविधान सभा सदस्य उमेद्वार समेत रहेका राय कुशल राजनीतिज्ञका रुपमा समेत परिचित छन् । यस अघि केन्द्रिय सह महामन्त्रीमा बाँकेबाट नेता हिक्मत ढकाल मनोनित भइसकेका छन् । ढकाल राप्रपाको केन्द्रीय पदाधिकारी रहिसकेका यस क्षेत्रकै प्रभावशाली नेता हुन् । 

राप्रपा नेपाल पाटीको पदाधिकारी समितिलाई पूर्णता दिनेक्रममा उपाध्यक्षमा राय सहित क्रमशः राजीब पराजुली (पर्सा), उद्धव पौडेल (काठमाडौं), जयकुमार खड्का (काठमाडौं), डा.श्री विष्णु भण्डारी (तनहुँ), लाक्पा तामाङ (धनकुटा) एवम् महामन्त्रीमा क्रमशः भाष्कर भद्रा (ललितपुर),सुशिल श्रेष्ठ (महोत्तरी), इन्द्र चित्रकार (काठमाडौं), राजाराम बर्ताैला (मकवानपुर) र सह महामन्त्रीमा क्रमशः हरिकृष्ण श्रेष्ठ (सुनसरी), धरम गुरुङ (पर्वत), अम्बिका प्रसाद ढकाल (भोजपुर), शिव कुमार बास्तोला (कास्की), ममता राई (झापा), शशिरञ्जन यादव (महोत्तरी) मनोनित भएको केन्द्रिय सदस्य श्रीधर सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार