मुख्य समाचार
उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन |

मुस्लिम समुदायको रमजान सुरु, अध्यक्ष शाहद्वारा शुभकामना व्यक्त

यूथ टुडे समाचारदाता 3535+ समाचार ( )
२९ फाल्गुन २०८०, मङ्गलबार

बाँके । मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व रमजान आजबाट सुरु भएको छ। एक महिनासम्म चल्ने यस पर्वमा मुस्लिम सुमदाय दिनभर पानी समेत नपिई व्रत बस्ने गर्छन्। जसलाई रोजा पनि भन्ने गरिन्छ।

सूर्योदय हुनुअघि अर्थात् बिहानको नमाज पढ्नुअघि केही खानेकुरा खाई प्रारम्भ हुने रोजा बेलुकाको नमाजको आजान सुनेर खोल्ने चलन छ। रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने तालिका पनि परिवर्तन भइरहन्छ।

रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिइन्छ। उर्दू पात्रोअनुसार हिजरी सम्बत्को रमजान नवौँ महिना हो। रमजानमै मुसलमानहरुको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यस महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिइन्छ।

दान गर्न, गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो। रमजान व्रत बस्न आज साँझ चन्द्रमा हेर्ने प्रचलन छ।

शरीरलाई शुद्ध राखेर मात्र रोज बस्नुपर्छ भन्ने मान्यता छ। त्याग, तपस्या र बलिदान सबै जोडिने यस पर्वमा मुसलमानहरु रोजा बस्नुलाई गर्व गर्दछन्। नाबालक, बिरामी, जटिल रोग लागेका र गर्भवतीलाई रोजा बस्न अनिवार्य गरिएको छैन। रमजानको अन्तिम दिन फेरि चन्द्रमा हेरेर ईद मनाउने गरिन्छ।

साउदी अरबसहित अन्य मुलुकमा भने सोमबारबाटै रमजान सुरु भएको छ। साउदी अरबमा आइतवार साँझै चन्द्रमा हेरेको हुँदा सोमवारबाट रामजान सुरु भएको हो।

बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले इस्लाम धर्मावलम्बीको महानपर्व रमजानको अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त मुस्लिम समुदायमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नु भएको छ ।

रमजानका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले यस पर्वले आपसी सहिष्णुता, बन्धुत्वको भावना विकास गर्दै धार्मिक सांस्कृतिक सद्भाव र भातृत्वको विकास गर्न सबैलाई प्रेरणा दिने उल्लेख गर्नु भयो ।

अध्यक्ष शाहले सन्देशमा भन्नुभएको छ, “बहुधार्मिक, बहुसाँस्कृतिक, बहुभाषिक, बहुजातीय समुदाय र भौगोलिक विविधता हाम्रो देशका पहिचान हुन्, हाम्रो संविधानले सबै धर्म, भाषा, संस्कृति, सम्प्रदाय, जाति र भूगोलको समान अस्तित्वलाई स्वीकार गरेको छ ।”

सन्देशमा नेपाली विविध धर्म, संस्कृति, चाडपर्व र परम्पराका धनी रहेको उल्लेख गर्दै उहाँले यहीँ विविधताले नै विश्वमै नेपालको विशिष्ट र अलग्गै पहिचान स्थापित भएको बताउनु भयो । सन्देशमा भनिएको छ, “यस्ता चाडपर्व र संस्कृतिहरुले नेपालीहरुको राष्ट्रिय एकतालाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दछन्, यहीँ विविधताभित्र रहेको इस्लाम धर्मावलम्बीहरुको विशेष पर्व रमजान पनि एक रहेको छ । ”

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार