मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |
मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |


नरैनापुरमा पर्यटन सम्भावनाको बिषयमा अन्तरक्रिया र वनभोज सम्पन्न

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
९ पौष २०८२, बुधवार

बाँके । बाँकेको नरैनापुर गाउँपालिका पर्यटन सम्भावनाले भरिएको भूमि हो भन्ने सन्देशसहित ‘पर्यटन सम्भावना र मिडियाको भूमिका’ विषयक अन्तरक्रिया तथा बनभोज कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ बाँकेको आयोजनामा तथा नरैनापुर गाउँपालिकाको सहयोगमा सम्पन्न कार्यक्रमले नरैनापुरलाई धार्मिक, सांस्कृतिक र आन्तरिक पर्यटनको गन्तव्य बनाउने स्पष्ट खाका प्रस्तुत गरेको छ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले नरैनापुर प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सांस्कृतिक विविधताले सम्पन्न क्षेत्र भएको उल्लेख गर्नुभयो।

“यहाँका धार्मिक स्थल, ऐतिहासिक पहिचान र स्थानीय संस्कृतिले नरैनापुरलाई धार्मिक तथा आन्तरिक पर्यटनको महत्वपूर्ण केन्द्र बनाउने प्रचुर सम्भावना बोकेको छ,” उहाँले भन्नुभयो।

अध्यक्ष शाहले गाउँपालिकाले ती सम्भावनालाई व्यवहारमा उतार्न धार्मिक स्थलहरूको व्यवस्थापन, पूर्वाधार विकास, सरसफाइ, सूचना बोर्ड स्थापना र पर्यटन प्रवर्द्धन कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउँदै आएको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो “हामी पर्यटनमैत्री नरैनापुर निर्माणतर्फ अघि बढिरहेका छौं ।,”

कार्यक्रममा मिडियाको भूमिकालाई निर्णायक भन्दै अध्यक्ष शाहले नरैनापुरका सम्भावना, पहिचान र सकारात्मक पक्ष उजागर गर्न पत्रकारिताले पुलको काम गरिरहेको उल्लेख गर्नुभयो।

“सत्य, जिम्मेवार र विकासमुखी पत्रकारिताले नरैनापुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउने विश्वास लिएका छौं,” उहाँले जोड दिनुभयो।

मिडिया र स्थानीय सरकारबीच सहकार्य अपरिहार्य

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाइँले पर्यटन प्रवर्द्धनमा मिडिया र स्थानीय सरकारबीच सहकार्य अपरिहार्य रहेको बताउनुभयो।

नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष रुद्र सुवेदीले नरैनापुरमा लुकेका पर्यटन सम्भावनालाई उजागर गर्न दीर्घकालीन योजना आवश्यक रहेको धारणा राख्नुभयो।

नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले मिडियासँग सहकार्य गरेर पर्यटन क्षेत्रको विकासमा पालिका सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरीले नरैनापुर गाउँपालिका दुर्गम अवस्थाबाट सुगमतर्फ लम्किरहेको उल्लेख गर्दै पर्यटन विकासमा जनप्रतिनिधिको भूमिका अत्यन्त महत्वपूर्ण रहेको औँल्याउनुभयो।

“नरैनापुर अब पर्यटन क्षेत्रको हबका रूपमा अगाडि बढ्दैछ,” उहाँले भन्नुभयो।

५ बुँदे ‘नरैनापुर घोषणा पत्र’ जारी

कार्यक्रमको अन्त्यमा ५ बुँदे नरैनापुर घोषणा पत्र जारी गर्दै पर्यटन विकासलाई साझा अभियानका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

कार्यक्रममा पत्रकार अर्जुन ओलीले पर्यटन प्रवर्द्धनका सवालमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा नरैनापुर का वडा अध्यक्ष अजय कुमार मिश्र, वडा सदस्य मंगरे खाँ, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य झलक गैरे, नरैनापुर गाउँपालिकाका प्रेस विज्ञ आलम खान, समाजवादी प्रेस संगठनका अध्यक्ष लोकनाथ शर्मा, अवधि पत्रकार संघका अध्यक्ष राकेश मिश्रा, अनलाईन पत्रकार संघका अध्यक्ष कमल न्यौपाने, नरैनापुर गाउँपालिकाका जिन्सी शाखा प्रमुख प्रकाश अधिकारी, सुचना अधिकारी लक्ष्मीकान्त मिश्रा, इन्जिनियर प्रबिन श्रेष्ठ लगायत एक सयभन्दा बढी पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमले नरैनापुरको पर्यटन सम्भावनालाई उजागर गर्दै मिडिया र स्थानीय सरकारबीच सहकार्यलाई अझ मजबुत बनाउने आधार तयार गरेको सहभागीहरूको निष्कर्ष रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार