मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

नरैनापुरमा जसपा नेपालका अध्यक्ष उपेन्द्रलाई नागरिकले भव्य स्वागत

महमूद आलम खान 1133+ समाचार ( )
पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव लगायतका केन्द्रीय नेताहरुको विषेश उपस्थितिमा बिभिन्न पार्टी परित्याग गरेका तथा राजनीतिक रुपमा स्वतन्त्र रहेका युवाहरुको ठुलो समुह जसपामा प्रवेश गर्ने कार्यक्रम रहेको गाउँपालिक अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिनु भयो ।
२५ मंगशिर २०७८, शनिबार

नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिकामा आयोजित बिशाल आम सभा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन जिल्ला कै सबै भन्दा बिकट मानिएको नरैनापुर गाउँपालिका पुग्नु भएका जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई नागरिकहरुले भव्य स्वागत गरेका छन् ।

पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव लगायतका केन्द्रीय नेताहरुको विषेश उपस्थितिमा बिभिन्न पार्टी परित्याग गरेका तथा राजनीतिक रुपमा स्वतन्त्र रहेका युवाहरुको ठुलो समुह जसपामा प्रवेश गर्ने कार्यक्रम रहेको गाउँपालिक  अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिनु भयो ।

नागरिकहरुले अभिनन्दन गरे पछि अध्यक्ष यादवले राजनीतिकलगायत जुनसुकै परिवर्तनका निम्ति युवा शक्ति अपरिहार्य रहेको भन्दै राजनीतिक तथा समाजिक रुपान्तरण, चेनता अभिबृद्धि तथा समृद्ध राष्ट्र निर्माणका लागि सक्षम, स्वस्थ्य र सबल युवा शक्तिका लागि एक जुट हुन युवाहरुलाई आग्रह गर्नु भएको थियो ।

अध्यक्ष यादवले नरैनापुरका युवाहरुलाई अध्ययनशिल तथा सांगठनिक विकास र नेतृत्व क्षमता अभिबृद्धिका निम्ति क्रियाशिल हुन समेत आग्रह गर्नुभयो । शिक्षित, समय, संगठित र समपर्णका लागि तयार युवा जमातले मात्रै परिवर्तन ल्याउन सक्ने भन्दै यादवले युवाहरुलाई अध्ययनशिल बन्नुका साथै संठन निर्माण एवम् नेतृत्व क्षमता अभिबृद्धीतर्फ अग्रसर हुन आग्रह गर्नु भयो ।

नरैनापुरमा अध्यक्ष यादवलाई गाउँपालिका अध्यक्ष शाह लगायतले स्वागत गर्नु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार