मुख्य समाचार
सरसफाइलाई संस्कार बनाउने अभियानमा जानकी गाउँपालिका | स्तनको आकारको महत्व | भेरी अस्पतालमा नेतृत्व परिवर्तन : डा. नवीन दर्नाललाई मेसुको जिम्मेवारी | ब्रिटिश स्कुलमा डा. दिल द्वारा स्वास्थ्य सचेतना | दुई दिने “क्रस–बोर्डर मेकानिज्म” सम्बन्धी तालिम सम्पन्न | जानकीमा अध्यक्ष कप क्रिकेटको रौनक, खेल प्रतिभा खोज्दै गाउँपालिका | राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम | नर्सिङः सम्मानजनक, संवेदनशील र जिम्मेवार पेशा ! | डीडीसीका कर्मचारीलाई नि:शुल्क दूध-घिउ सुविधा खारेज, वार्षिक करिब ३ करोड रुपैयाँ बचत हुने | संसद्मा ज्ञानेन्द्र शाहीको प्रश्न- यो सरकार हो कि आतंकवादी ? |
मुख्य समाचार
सरसफाइलाई संस्कार बनाउने अभियानमा जानकी गाउँपालिका | स्तनको आकारको महत्व | भेरी अस्पतालमा नेतृत्व परिवर्तन : डा. नवीन दर्नाललाई मेसुको जिम्मेवारी | ब्रिटिश स्कुलमा डा. दिल द्वारा स्वास्थ्य सचेतना | दुई दिने “क्रस–बोर्डर मेकानिज्म” सम्बन्धी तालिम सम्पन्न | जानकीमा अध्यक्ष कप क्रिकेटको रौनक, खेल प्रतिभा खोज्दै गाउँपालिका | राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम | नर्सिङः सम्मानजनक, संवेदनशील र जिम्मेवार पेशा ! | डीडीसीका कर्मचारीलाई नि:शुल्क दूध-घिउ सुविधा खारेज, वार्षिक करिब ३ करोड रुपैयाँ बचत हुने | संसद्मा ज्ञानेन्द्र शाहीको प्रश्न- यो सरकार हो कि आतंकवादी ? |


सुशासन, समृद्धि र सामाजिक न्यायका लागि राष्ट्रिय एकता जरुरी : गृहमन्त्री श्रेष्ठ

यूथ टुडे समाचारदाता 3368+ समाचार ( )
१७ अशोज २०८०, बुधवार

बर्दिबास । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन, समृद्धि र सामाजिक न्यायका लागि तीनै तहका सरकार मिलेर राष्ट्रिय एकता तथा संविधानको रक्षाका लागि जुट्नु पर्ने आवश्यकतामा जोड दिनु भएको छ । 

गृहमन्त्री श्रेष्ठले गृह मन्त्रालयले आज मधेश प्रदेशको महोत्तरी जिल्लाको बर्दिबासमा आयोजना गरेको मधेश प्रदेश स्तरीय सुरक्षा बैठकमा बोल्दै विविधता बीचको एकता कायम गर्दै संविधानले अङ्गीकार गरेको मूल्य र मान्यताको कार्यान्वयन गर्नु अहिलेको कार्यभार भएको बताउनु भयो । 

उहाँले अहिले जातीय तथा धार्मिक मुद्दाको सृजना गरेर जनताको बलिदानबाट प्राप्त भएको संविधान सहितको परिवर्तनलाई उल्टाउन खोज्ने शक्तिसँग सावधान हुँदै राष्ट्रिय एकता कायम गर्दै परास्त गर्नका लागि सबै दल मिल्नुको कुनै विकल्प नभएको बताउनु भयो । 

गृहमन्त्री श्रेष्ठले विविधता बीचको एकतालाई बलियो बनाउँदै राष्ट्रिय एकतालाई बलियो बनाएको खण्डमा मुलुक आफै समृद्धिको बाटोमा अग्रसर हुने बताउनुभयो । 

उहाँले कानूनको खिलाफ गर्ने माथि गृहमन्त्रालयले कडा कारबाही गर्नका लागि तयार भएको बताउँदै कानून तथा विधिको शासनभन्दा माथि कोही नभएको बताउनु भयो । 

गृहमन्त्री श्रेष्ठले राजनीतिक उपलब्धिलाई समाप्त गर्नका लागि भइरहेको षड्यन्त्रको विरुद्धमा परिवर्तनकारी शक्तिहरू एक ठाउँमा आउनुको कुनै विकल्प नभएकाले नै प्रदेश स्तरीय सर्वदलीय तथा सर्वपक्षीय बैठक तथा अन्तरक्रिया गर्न लगाएको बताउनु भयो । 

उहाँले यस अघि देशका चारै सुरक्षा अङ्गका प्रमुखहरूको सहभागितामा वर्तमान अवस्थाको विषयमा बृहत् समीक्षा, विश्लेषण गर्दै यसबाट आउने चुनौती तथा समाधानको विषयमा बृहत् छलफल भएको बताउनु भयो । 

महेश प्रदेशका कार्यवाहक मुख्यमन्त्री कृष्ण प्रसाद यादवले शान्ति तथा समृद्धिको बाटोमा मुलुकलाई लानका लागि संविधानले उल्लेख गरेको अधिकारहरू प्रदेशलाई हस्तान्तरण गर्नमा ढिलाइ गर्न नहुने बताउनु भयो । 

मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री मोहम्मद समीमले प्रहरी तथा निजामती ऐनलाई तत्काल पारित गर्नका लागि आग्रह गर्दै प्रदेशलाई बलियो नबनाएसम्म सघीयताको कुनै अर्थ नहुने बताउनु भयो ।  

मधेश प्रदेशका शिक्षा तथा समाज कल्याणमन्त्री महेश प्रसाद यादवले राष्ट्र सेवक कर्मचारीले आफ्नो कर्तव्य र अधिकार इमानदारीपूर्वक पुरा गरेको खण्डमा धेरै समस्याको समाधान हुने बताउनु भयो । 

गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले धार्मिक सद्भाव र एकता नेपालीहरूको विशिष्टता भएकाले यसमा कही कतैबाट खलल गर्ने काम हुनु गलत रहेको बताउनु भयो । 

कार्यक्रममा विभिन्न राजनीतिक दलका पदाधिकारीहरू, पत्रकार, नागरिक समाज, उद्योगी व्यवसायीहरूको सहभागिता रहनु भएको प्रदेश स्तरीय समीक्षामा विभिन्न धर्मका धर्मगुरुहरूले अहिले देखिएको समस्या र समाधानको विषयमा ध्यानाकर्षण गर्नु भएको थियो । प्रदेश स्तरीय सुरक्षा बैठक तथा बृहत् समीक्षामा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त कुँवर, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका ओमप्रकाश जोशीको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार