मुख्य समाचार
बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला |

नरैनापुरमा १५ शय्याको सुबिधा सम्पन्न अस्पताल बन्दै

महमूद आलम खान 1133+ समाचार ( )
जयरामपुर्वामा १५ शैयाको अस्पतालको आज जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय कुमार श्रीवास्तब र गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले शिलान्यास गर्नु भएको छ ।
१४ चैत्र २०७८, सोमबार

बाँके । बाँकेको सबै भन्दा विकट मानिएको नरैनापुर ५ वर्षमा सुगम बनेको छ । नरैनापुर गाउँपालिकाको जयरामपुर्वामा १५ शैयाको अस्पतालको आज जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय कुमार श्रीवास्तब र गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले शिलान्यास गर्नु भएको छ । 

वडा नम्बर ४ जयरामपुर्वामा बन्ने अस्पताल निर्माणको जिम्मा हनुमान कन्स्ट्रक्सन ललितपुरले पाएको छ ।

यस अस्पतालको २०८० साल असोज १० गते निर्माण सम्पन्न हुने लेखापाल प्रकाश अधिकारीले बताउनु भयो। अस्पताल निर्माणका लागि १६ करोड ९७ लाख ५१ हजार ३ सय ५४ रुपैयाँ ५० पैसामा सम्झौता भएको अधिकारीले जानकारीले युथ टुडेलाई जानकरी दिनु भयो । 

१५ शय्याको अस्पताल भवनसहित चिकित्सक, नर्सिङ आवास, चमेनागृह (क्यान्टिन), शवगृह, पार्किङलगायतका संरचना निर्माण हुने गाउँपालिकाले जनाएको छ । स्वास्थ्य सेवाको पहुँचभन्दा टाढा रहेको ग्रामीण क्षेत्रका नागरिकलाई सहज सेवा पुर्‍याउने उद्देश्यले आधारभूत अस्पताल निर्माणलाई प्राथमिकता दिएर जुटेको गाउँपालिकाका अध्यक्ष शाहले बताउनु भयो । अस्पतालले सदरमुकामबाट टाढा रहेका नरैनापुर क्षेत्रका बासिन्दालाई सुविधा पुग्ने अध्यक्ष शाहको भनाइ थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार