मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

डुडुवामा सुरक्षित मातृत्व तथा नवजात शिशु स्वास्थ्य सम्बन्धि अभिमुखीकरण सुरु

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
डुडुवा गाउँपालिकामा सुरक्षित मातृत्व तथा नवजात शिशु स्वास्थ्य रोडम्याप २०३० सम्बन्धि अभिमुखीकरण कार्यक्रम सुरु भएको छ ।
५ असार २०७९, आइतबार

बाँके । डुडुवा गाउँपालिकामा सुरक्षित मातृत्व तथा नवजात शिशु स्वास्थ्य रोडम्याप २०३० सम्बन्धि अभिमुखीकरण कार्यक्रम सुरु भएको छ ।

आइतबार डुडुवाको स्वास्थ्य शाखाको आयोजनामा सुरु भएको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै  स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले नागरिकको स्वस्थ्य सबैभन्दा महत्वपूर्ण भएको र स्वास्थ्य ठिक भए मात्र मानिसले अन्य काम गर्न सक्ने उल्लेख गर्दै स्वास्थ्य क्षेत्रका सेवालाई जनताको माझमा प्रभावकारी रुपमा लैजान महत्वपूर्ण भूमिका खेल्न स्वास्थ्य कर्मचारीहरुलाई आग्रह गर्नुभयो । 

स्वास्थ्यका सहसंयोजक बिरेन्द्र घलेले सरकारले सुरक्षित मातृत्व तथा नवाजात शिशु स्वास्थ्यको क्षेत्रमा नयाँ कार्यक्रम अगाडि सारेकाले यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । 

सुरक्षित मातृत्व र नवाजात शिशु स्वास्थ्यको क्षेत्रमा सन् २०३० सम्मका लागि अगाडि सारिएका योजना तथा नीतिको विषयमा डुडुवाका करिब २१ जना स्वास्थ्य कर्मचारीहरुलाई अभिमुखीकरण दिन सुरु गरिएको स्वास्थ्य शाखा प्रमुख बुढाले जानकारी दिनुभयो । नेपालमा पछिल्लो समयमा मातृत्व तथा नवजात शिशुको स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार भएपनि अझै पूर्ण रुपमा प्रभावकारी काम हुन बाँकी रहेको बुढाले बताउनुभयो ।

संघीय सरकारले निर्माण गरेको रोडम्याप अनुसार लक्ष्य प्राप्तिलाई प्रभावकारी बनाउन अभिमुखीरण कार्यक्रम आयोजना गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले सन् २०१६ मा प्रतिहजार २१ जना शिशु मृत्यु हुने तथ्यांक रहेकोमा २०३० सम्ममा प्रतिहजार १२ मा ल्याउने लक्ष्य रहेको बताउनुभयो । त्यस्तै सन् २०१६ मा रहेको मातृ मृत्युदर प्रतिलाख २ सय ३९ लाई सन् २०३० मा ७० मा झार्ने कार्यक्रमको लक्ष्य रहेको जानकारी दिनुभयो । पछिल्लो समय गाउँघरमा हुने मातृ तथा शिशु मृत्युदर घटेको तर अस्पतालमा हुने मृत्युदर बढी देखिएको र त्यसको प्रमुख कारणमा अस्पताल ल्याउन हुने ढिलाई तथा पोषण एवं आवस्यक परामर्शको कमी रहेको देखिएकोले यी सबै कुरामा ध्यान दिंदै सुरक्षित मातृत्व तथा नवजात शिशु स्वास्थ्यमा सुधार गर्ने लक्ष्य रहेको स्वास्थ्य प्रमुख बुढाले उल्लेख गर्नुभयो ।

कार्यक्रममा भेरी अस्पतालका नर्सिङ सहायक प्रशासकीय अधिकृत आशा पन्त, पब्लिक हेल्थ नर्सिंग बिष्णु श्रेष्ठ लगायतले सहजीकरण गर्नुभएको थियो । कार्यक्रम स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाको अध्यक्षतामा सुरु भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार