मुख्य समाचार
बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा नेपालगञ्जमा ४० जना घाइते | कसरी लाग्यो बसमा आगो ? | पार्टीभित्रको अराजकता र अनुशासनहीनता सह्य हुँदैनः ओली | राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन | बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग |

सांसद उर्मिलाद्वारा शुभकामना र चियापान कार्यक्रम आयाेजना
विकास र समृद्धिकाे एजेन्डामा दलिय स्वार्थ भन्दा माथि उठाैं, एकतावद्व बनाैं : सांसद उर्मिला माझी पाैडेल

यूथ टुडे समाचारदाता 3559+ समाचार ( )
६ कार्तिक २०८०, सोमबार

लमजुङ ।  प्रतिनिधि सभा सदस्य उर्मिला माझी पाैडेलले विकास र समृद्धिकाे एजेन्डामा दलीय स्वार्थभन्दा माथि उठ्नुपर्ने बाउनुभएकाे छ । 

 नेपालीहरूकाे महान् चाड दशैं तिहारफ छठ, इद, ल्हाेसार लगायतकाे अवसरमा देर्दी गाउँपालिका वडा नं २ काे कृष्ण मन्दिर अर्चलबाेटमा आयाेजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा प्रमुख अतिथिको रूपमा सम्वाेधन गर्दै सांसद उर्मिला माझी पाैडेलले निर्वाचनको बेलामा जुन दलमा भएता पनि र आस्था र विचार फरक फरक दलमा भएतापनि विकास र समृद्धिकाे एजेन्डामा सबैले दलभन्दा माथि उठेर सहकार्य गर्नु पर्ने बताउनुभयाे । 

नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य समेत रहेकी सांसद उर्मिला माझी पाैडेलले आफू देशभरिकाे सांसद भएता पनि लमजुङ र दाेर्दी गाउँपालिका मुख्य प्राथमिकतामा पर्ने बताउनुभयाे । उहाँले लमजुङ कृषि, पर्यटन र जलविद्युत्काे सम्भावनाकाे हिसनबले महत्त्वपूर्ण जिल्ला भएकोले सबैले मिलेर देशकाे विकासमा लाग्न अपिल पनि गर्नुभयाे ।  

कार्यक्रममा विशेष अतिथिकाे रूपमा सम्वाेधन गर्दै गाउँपालिका अध्यक्ष युवराज अधिकारीले माननीय सांसदले यश खालकाे कार्यक्रम आयाेजना गरेर पालिका र गाउँलाई महत्त्व दिएकाेमा धन्यवाद ब्यक्त गर्नुभयाे । उहाँले संघ र प्रदेशसँग सहकार्य गरेर पालिका र वडाकाे विकासमा लाग्ने प्रतवद्वता व्यक्त गर्नुभयाे । 

त्यसैगरी विशेष अतिथिको रूपमा सम्वाेधन गर्दै रेडियो भाेटेवडारका अध्यक्ष तथा समाजसेवी बाैद्विक व्यक्तित्व हरिप्रसाद अधिकारीले संघिय सांसदकाे भुमिका विकास निर्माण भन्दा कानुन निर्माणमा बढि भुमिका हुने भएकाले जनपक्षिय कानुन निर्माणमा ध्यान दिन आग्रह गर्नुभएको थियाे । 

शुभकामना तथा चियापान कार्यक्रम सानदार ढंगबाट सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्य माननिय उर्मिला माझी (पाैडेल)काे सचिवालयद्वारा आयाेजित कार्यक्रमकाे सभापतित्व अर्चलबाेट जेष्ठ नागरिक समाजकाे अध्यक्ष वरिष्ठ बाम बुद्धिजीवी ऋषिराम पाैडेलले गर्नुभएको थियाे भने सञ्चालन स्थानिय युवा नेता भगवान कुँवरले गर्नुभएको थियाे । कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य उर्मिला माझी पाैडेल र विशेष अतिथिमा दाेर्दी गापा अध्यक्ष युवराज अधिकारी र रेडियो भाेटेवडारका अध्यक्ष हरिप्रसाद अधिकारी रहनुभएकाे थियाे । कार्यक्रममा प्रेस सेन्टरका महासचिव सन्ताेष पाैडेल, गाउँ कार्यपालिका सदस्य अम्विका मरेटा, वडाध्यक्ष गणेश खत्री, नेपाली कांग्रेस वडा समिति सभापति गाेविन्द अधिकारी, नेकपा माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष बद्रीनाथ लामिछाने, रास्वपा अध्यक्ष श्याम अधिकारी, सुनपा वडा नं ९ का जनप्रतिनिधि सदस्य खुसबहादुर गुरूङ, समाजसेवी विश्वनाथ लामिछाने, युवा प्रतिनिधि शिवराम मरहट्टा, सहकारी प्रतिनिधि बासुदेव मरेटाले शुभकामना मन्तव्य राख्नुभएको थियाे । 

कार्यक्रममा लक्ष्मिनारायण माविका प्रधानाध्यापक इश्वरीप्रसाद अधिकारीले स्वागत गर्नुभएको थियाे भने समाजसेवी बुद्धिजीवी रामप्रसाद पाैडेलले धन्यवाद मन्तव्य राख्नुभएको थियाे । 

दशैकाे चाडकाे बीचमा नवमीकाे दिनमा आयाेजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, दलका प्रतिनिधिहरू, महिला, विद्यालयका प्रधानाध्यापक र शिक्षकहरू सहभागी रहनुभएकाे थियाे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार