मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

नरैनापुरको मुहार फेर्नेछौ : गठबन्धनका उम्मेदवार अथक र नमुना

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले बिगतको कामको आधारमा आफुहरुले पुन मत माग्ने अधिकार रहेको भन्दै पुन अत्याधिक मत दिएर बिजयी गराउन आग्रह गरिने । उनले आफुहरुको आगामी कार्यकाल बिकासको बर्ष हुने दाबि गरिन ।
२६ कार्तिक २०७९, शनिबार

महमूद आलम खान

नरैनापुर । बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारहरुले आगामी ५ बर्षमा नरैनापुरका मुहार फेर्ने प्रतिबद्धता जनाएका छन ।

शनिवार गठबन्धनका तर्फबाट नरैनापुर गाँउपालिकामा आयोजित चुनावी सभामा बोल्दै गठबन्धनबाट बाँके १ को प्रतिनिधी सभा तर्फका साझा उम्मेदावर अथक र बाँके १ १ का प्रदेश सभा सदस्य उम्मेदवार कृष्णा केसी नमुनाले उक्त प्रतिबद्धता जनाएका हुन ।

सभामा बोल्दै माओवादी स्थाई समिती सदस्य युवा तथा खेलकुद मन्त्री एंव उम्मेदवार महेश्वर जंग गहतराज अथकले बिगत ५ बर्षमा बिकासको जंग खोलिएको भन्दै आगामी ५ बर्षमा मुहार फेरीने बताए ।

उनले बिगतको दुर्गम नरैनापुरमा बिजुली , सडक पुर्वाधार , नदि नियन्त्रण , बिद्यालय , खानेपानी लगायतका पुर्वाधारहरु निर्माण गरिएको भन्दै अव कृषि , पर्यटन ,रोजगारमा जोड दिईने बताए । उनले नरैनापुमा छोटी भन्सार , ईलाका प्रशासन , नापि तथा मालपोतका शाखा कार्यलय स्थपनामा पनि जोड दिईने दाबि गरे । 

कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले बिगतको कामको आधारमा आफुहरुले पुन मत माग्ने अधिकार रहेको भन्दै पुन अत्याधिक मत दिएर बिजयी गराउन आग्रह गरिने । उनले आफुहरुको आगामी कार्यकाल बिकासको बर्ष हुने दाबि गरिन । 

कार्यक्रममा बोल्दै नेपाली काग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मीकीले अथक र नमुना बाहेक अन्य उम्मेदवारले नरैनापुरमा भोट माग्ने नैतिक अधिकार नभएको बताए । उनले बिकट बघौडाको बिकासका लागी क्रियासील अथक र नमुना लाई मत दिएर बिजयी गराउन आग्रह गरे । उनले संबिधानको रक्षा र बिकासका लागी गठबन्धन गरिएको भन्दै दाया बाया नगरी मतदान गर्न समेत आग्रह गरे । 

कार्यक्रममा नेपाली काग्रेसका नेता सैयद अलि, हुर्मत न्यौपाने , पोषण केसी , कृष्ण कार्कीले देश भर ९१ स्थानमा प्रतिनिधी सभामा माओवादीले नेपाली काग्रेस लाई मतदान गर्ने भन्दै बाँके निर्वाचन क्षेत्र १ र प्रदेश सभा १,१ मा कुनै संकोच नमानी गोलाकार भित्रको हँसिया हथौडामा मतदान गर्न अग्रह गरेका थिए । 

चुनावी शमामा माओवादी केन्द्रकी स्थाई समिती सदस्य पुर्ण कुमारी सुबेदी , एकिकृत समाजवादीका केन्द्रिय सदस्य अब्दुल हुसेन खाँले पनि गठबन्धनमा दाया बाया गर्ने छुट कसैलाई नभएको भन्दै आगामी सरकार गठबन्धनको बन्ने र यसले बिकास र समृद्धीको नेतृत्व गर्ने दाबि गरे । 

सभामा नेपाली काँग्रेसका नेता राम चन्द्र मौर्या , राज कुमार बर्मा, एकिकृत समाजबादीका समानुपातिक उम्मेदवार मौलाना अब्दुल जब्बार मञ्जरी लगायतले गठबन्धन लाई बिजयी गराउन कुनै कसर नराख्ने बताएका थिए । सभामा उल्लेख्य स्थानियको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार