मुख्य समाचार
सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार | कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित | मानसिक स्वास्थ्यसम्बन्धी अवधारणापत्र पारित, ऐन निर्माणको तयारीमा सरकार |

गठबन्धन नभए एक्लै भिड्न माओवादी तयार छ - प्रचण्ड

महमूद आलम खान 1133+ समाचार ( )
माओवादीले आयोजना गरेको पत्रकार सम्मेलनमा संचारकर्मीको प्रश्नमा जवाफ दिँदै अध्यक्ष प्रचण्डले भने– ‘हाम्रो प्राथमिकता गठबन्धन हो । गठबन्धन गरेरै जाने पहिलो कुरा हो । यदि, गठबन्धन नहुने अवस्थामा कोही पुग्न चाहन्छ भने माओवादी एक्लै भिड्न तयार छ । त्यसका लागि तीन महिना अगाडिदेखि नै तयारी गरिरहेका छौं ।’
५ वैशाख २०७९, सोमबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन नहुने अवस्था रहेमा एक्लै भिड्न तयार रहेको बताएका छन् ।

माओवादीले आयोजना गरेको पत्रकार सम्मेलनमा संचारकर्मीको प्रश्नमा जवाफ दिँदै अध्यक्ष प्रचण्डले भने– ‘हाम्रो प्राथमिकता गठबन्धन हो । गठबन्धन गरेरै जाने पहिलो कुरा हो । यदि, गठबन्धन नहुने अवस्थामा कोही पुग्न चाहन्छ भने माओवादी एक्लै भिड्न तयार छ । त्यसका लागि तीन महिना अगाडिदेखि नै तयारी गरिरहेका छौं ।’

अध्यक्ष प्रचण्डले वर्तमान पाँच दलबीच गठबन्धन कायम नरहे अरु शक्तिहरुसँग पनि गठबन्धन गरेर जान सकिने सम्भावना रहेको समेत बताएका छन् । उनले भने– ‘हामी वर्तमान गठबन्धनभन्दा बेग्लै गठबन्धनको पक्षमा छैनौं । तर, गठबन्धन नै नहुने अवस्था आयो भने बेग्लै गठबन्धन बन्न सक्छ । त्यसका लागि हामी तयार छौं ।

पत्रकार सम्मेलनमार्फत अध्यक्ष प्रचण्डले आज साँझ सम्ममा गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाको सिट बाँडफाँट टुंगो लगाउने समेत जानकारी गराएका छन् । उनले भने– ‘गठबन्धन बैठकबाट भर्खरै आएको हुँ । आधारभूत सहमति भइसकेको छ । आज साँझ सम्ममा सबै टुंगो लाग्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार