मुख्य समाचार
सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार | कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित | मानसिक स्वास्थ्यसम्बन्धी अवधारणापत्र पारित, ऐन निर्माणको तयारीमा सरकार |

राष्ट्रसेवकले पदीय दुरुपयोग गर्न हुन्न : महानिरीक्षक कार्की

यूथ टुडे समाचारदाता 3591+ समाचार ( )
२६ अशोज २०८३, सोमबार

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जनता प्रतिको कर्तव्य पूरा गर्ने जिम्मेवारी पाएका राष्ट्रसेवक प्रहरीले पदीय दुरुपयोग गर्न नहुने बताएका छन् ।  उनले व्यक्तिगत स्वार्थ, अनुचित प्रभाव र पदीय अधिकार दुरुपयोग गर्दा प्रहरी सङ्गठन नै बदनाम हुने हुँदा त्यसतर्फ हेक्का राख्न उनले आग्रह गरे । 

राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १–१८४औँ समूहको दीक्षान्त समारोहमा सम्बोधन गर्दा उनले यस्तो बताएका हुन् । सो समारोहमा उनले  प्रहरीको नेतृत्व आदेशमा नभई उदाहरणमा देखिनुपर्ने बताए । 

दीक्षित हुने प्रहरी निरीक्षकलाई बधाई तथा शुभकामना दिँदै उनले लिएको शपथलाई व्यवहारमा जनताप्रति नरमभाव राखी काम गर्न निर्देशन दिए । “सेवाग्राहीप्रतिको व्यवहारदेखि, अनुसन्धानको गुणस्तर, कर्मचारीको मनोबलदेखि अनुशासन, समुदायसँगको सम्बन्धदेखि कठिन परिस्थितिमा लिइने निर्णयसम्म नेतृत्वको वास्तविक मूल्याङ्कन गर्नेछन्,”  उनले भने । 

प्रहरीको पोसाकले परिचय दिए जस्तै आचरणले नेपाल प्रहरीको परिचय बनाउने उनको भनाइ थियो । “प्रहरीको यो पदले अधिकार दिन्छ, चरित्रले उक्त अधिकारलाई वैधता दिन्छ । त्यसैले, पदीय मर्यादा, व्यावसायिक निष्ठा, इमानदारिता र अनुशासनमा कुनै सम्झौता गर्नुहुने छैन,” उनले भने । महानिरीक्षक कार्कीले तालिम समापन भए पनि प्रहरी अधिकृतका रूपमा वास्तविक परीक्षा सुरु हुने उल्लेख गरे ।

प्रहरी निरीक्षकको पद केवल एउटा दर्जा मात्रै नभई यो निर्णय गर्ने सामर्थ्य र उत्तरदायित्व बहन गर्ने योग्यताको महत्त्वपूर्ण परीक्षा भएको उनको भनाइ रहेको छ ।  

उनले सेवाका क्रममा भय, प्रलोभन, माया र द्वेषभावबाट मुक्त भई प्रस्तुत हुन निर्देशन दिँदै यो नै प्रहरी सेवाको मूल नैतिक आधार भएको बताए ।समारोहका प्रमुख अतिथि प्रधानमन्त्री वालेन्द्र शाहले सर्वोत्कृष्ट प्रशिक्षार्थी चोपबहादुर डेँगालाई कुलानन्द विद्या पुरस्कार प्रदान गरे ।  

प्रशिक्षार्थीले प्रधानमन्त्रीको सम्मानमा कार्यक्षेत्र प्रवेश कवाज प्रदर्शन गरेका थिए । साथै नेपाल सङ्गीत विद्यालयद्वारा साङ्गीतिक धुन प्रस्तुत गरिएको थियो ।

नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीले विभिन्न विधामा उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार वितरण गरे ।  

पुरस्कृत हुनेमा प्रहरी निरीक्षक चोपबहादुर डेंगा (अध्ययन विधा), गोपाल राई (शारीरिक क्षमता तथा आत्मबल अभिवृद्धि), रामकुमार जिटी (प्रहरी युक्ति तथा कारबाही), विकासकुमार धामी (चाँदमारी), विशाल पौडेल (सर्वतृतीय) र बालकृष्ण पोख्रेल (सर्वद्वितीय) थिए ।

दीक्षित हुने प्रहरी निरीक्षकहरूलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले शपथ खुवाएका थिए । 

प्रशिक्षार्थीले धार्मिक ग्रन्थ स्पर्श गरी शपथ ग्रहण गरेका थिए । प्रतिष्ठानका प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गरे ।  त्यस अवसरमा ७९ जना प्रहरी निरीक्षक दीक्षित भएका हुन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार