मुख्य समाचार
आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार |

नेपालीप्रति अभिभावकीय भूमिका निर्वाह गर्न ‘प्रचण्ड’को आग्रह

यूथ टुडे समाचारदाता 3593+ समाचार ( )
११ माघ २०८१, शुक्रबार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिमेकी मुलुक भारतको महाराष्ट्र जलगाउँस्थित रेल्वेस्थान नजिक भएको रेल दुर्घटनामा परेका नेपालीहरूप्रति अभिभावकीय भूमिका निर्वाह गर्न सरकारसँग अनुरोध गरेका छन् । 

पूर्वप्रधानमन्त्री दाहालले दुर्घटनामा परी निधन भएका परिवार र घाइतेको उपचारमा गम्भीर हुन पनि सरकारको ध्यानाकर्षण गराएका छन् । अध्यक्ष दाहालले आज सामाजिक सञ्जालमार्फत भनेका छन्, “दुर्घटनामा घाइते भएका आफ्ना नागरिकको उपचार तथा निधन भएका नागरिक र उनका परिवारप्रति तत्काल अभिभावकीय भूमिका पूरा गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु ।”

उक्त घटनाप्रति दुःख व्यक्त गर्दै अध्यक्ष दाहालले दुर्घटनामा सात जना नेपालीसहित नेपाली र भारतीय नागरिकको निधन भएको र अरू थुप्रै घाइते भएको खबरले स्तब्ध बनाएको बताएका छन् । उनले दुर्घटनामा निधन भएका सबैमा श्रद्धाञ्जली अर्पण गर्दै आफन्तजनमा गहिरो समवेदना पनि प्रकट गरेका छन् । 

परराष्ट्र मन्त्रालयले उक्त दुर्घटनामा सात नेपालीसहित १२ जनाको मृत्यु भएको जनाएको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार