मुख्य समाचार
बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण | करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक |

एमाले अध्यक्ष ओलीकै रोजाईमा बस्नेत बने चौतारीको अध्यक्ष

महमूद आलम खान 1133+ समाचार ( )
नेकपा एमाले निकट पत्रकारको संगठन प्रेस चौतारी नेपालमा विवादकाबीच नयाँ कमिटी घोषणा गरिएको छ ।
२९ फाल्गुन २०७८, आइतबार

पोखरा । नेकपा एमाले निकट पत्रकारको संगठन प्रेस चौतारी नेपालमा विवादकाबीच नयाँ कमिटी घोषणा गरिएको छ । अध्यक्ष मण्डलले गणेश बस्नेतलाई अध्यक्ष घोषणा गरेको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीकै रोजाईमा बस्नेत फेरि अध्यक्ष बनेका हुन् । ओलीले उद्घाटन समारोहमै बस्नेतलाई दोहोर्‍याउने संकेत गरेका थिए । ‘अहिलेको कमिटीले राम्रोसँग काम गर्न पाएको छैन । त्यसका धेरै कारण छन्,’ ओलीले भनेका थिए, ‘यहाँबाट साथीहरुले एकताको सन्देश दिनुहुनेछ । मिलेर कमिटी बनाउनुहोला ।’ उनले बस्नेत रुचाएपछि चौतारीका इन्चार्ज तथा उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आफ्नै जिल्लाका पाण्डेलाई सहमत गराए । धेरैले गुरुङको समर्थन पाण्डेलाई हुने र पोखरा महाधिवेसनबाट पाण्डे नै अध्यक्ष हुने आँकलन गरेका थिए ।

बस्नेतको अध्यक्ष रहने १५१ सदस्यीय कमिटीमा उपाध्यक्षमा राजेश राई, गणेश पाण्डे, सविन प्रियासन र देविका घर्तीमगर छन् । महासचिवमा हिरामान लामा, उपमहासचिवमा सुरोजंग पाण्डे र राजु सुवेदी, कोषाध्यक्षमा इन्द्र आचार्य रहेका छन् । 

प्रदेशबाट छानिएका सचिवमा विक्रम लुइँटेल, कमल उपाध्याय, विष्णु तारुके, सुष्मा पौडेल, प्रदीप आचार्य, विष्णु शर्मा, लोक्सरी कुँवर र हरिबल्लभ नेपालको नाम आएको छ । अध्यक्ष बस्नेतमात्रै नभए धेरै पदाधिकारीले दोस्रो पटक पनि एउटै पदमा बसेका छन् । उपत्यकालाई सचिव नदिएको भन्दै काठमाडौँ, ललितपुर र भक्तपुरले असहमति जनाएका छन् ।

गए राति नै उम्मेदवारलाई शपथ खुवाउने कार्यक्रम विवाद भएपछि रोकिएको एक प्रतिनिधिले रातोपाटीलाई बताए । २७ र २८ गते सम्पन्न गर्ने भनिएको महाधिवेशन आज पनि लम्बिएको हो । यस महाधिवेशनमा देशभरबाट १ हजार १८ जना प्रतिनिधि सहभागी छन् ।

प्रतिनिधिसमेत निर्वाचनबाटै भए पनि नेतृत्व फेर्ने पक्षमा थिए । तर, मतदाताको मनोभावना विपरित टिका लगाएर नेतृत्व टुङ्ग्याइएको छ । उनीसहित पदाधिकारीको टुंगो लागेको निर्वाचन कमिटीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार