मुख्य समाचार
सीमा सुरक्षामा खटिएका प्रहरीको बेहाल, पाँच दशक पुरानो भवनमा जोखिमपूर्ण सेवा | बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु |

एमसिसी पास नभए पाँच दलीय गठबन्धन तोड्ने प्रधानमन्त्री देउवाको चेतावानी

महमूद आलम खान 1133+ समाचार ( )
कार्यदलमा रहेका माओवादी केन्द्रका नेताहरुले यही अवस्थामा संसदबाट एमसीसी सम्झौता अनुमोदन गर्न नसकिने बताएका छन्।
१६ माघ २०७८, आइतबार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) पारित नभए पाँच दलीय सत्ता गठबन्धन तोड्ने चेतावनी दिएका छन् । उनले प्रनिधिसभाको चालु अधिवेसनबाटै एमसिसी पास गर्न पाँच दलीय गठबन्धनलाई दबाब दिएका छन् ।

यदि प्रतिनिधिसभाबाट एमसिसी पास नभए पाँच दलीय गठबन्धन टुट्ने उनले चेतावानी दिएका छन् । शनिबार पाँच दलीय गठबन्धनको बैठकमा एमसिसीको विषयमा छलफल गर्ने क्रममा यस्तो बताएका हुन् ।

बालुवाटारमा भएको छलफलमा राष्ट्रिय जनमोर्चाबाहेक चार दलका शीर्ष नेताहरु र कार्यदलका सदस्यहरु झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र ज्ञानेन्द्रबहादुर कार्की उपस्थित थिए ।

बैठकमा प्रधानमन्त्री देउवाले १ फेब्रुअरीसम्म एमसिसी अनुमोदन नगराए अमेरिकाले यो परियोजना फिर्ता लैजाने भन्दै संसदबाट अनुमोदन गर्न दबाब दिएका थिए ।

फेब्रुअरी १ सम्म एमसिसी अनुमोदन गराउन अमेरिकाले प्रधानमन्त्रीलाई दबाव दिइरहेको भन्दै उनले जसरी पनि यो योजना पास गर्नुपर्ने बताएका छन् । तर ,माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु त्यसमा सहमत छैनन्। कार्यदलमा रहेका माओवादी केन्द्रका नेताहरुले यही अवस्थामा संसदबाट एमसीसी सम्झौता अनुमोदन गर्न नसकिने बताएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार