मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

मधेश प्रदेशमा १४ सदस्यीय मन्त्रीपरिषद् गठन

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
२५ जेठ २०८१, शुक्रबार

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको सिफारिसमा नियुक्त हुनुभएका १० जना नव नियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ ।

मधेश भवनको कवर्ड हलमा भएको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रममा शपथग्रहण गर्नुहुने मन्त्रीहरूमा भौतिक पूर्वाधार विकासमा सरोज कुमार यादव, अर्थमा भरत प्रसाद साह, भूमि व्यवस्था, कृषि तथा सहकारीमा गोविन्द बहादुर न्यौपाने, उद्योग वाणिज्य तथा पर्यटनमा युवराज भट्टराई, शिक्षा तथा संस्कृतिमा राज कुमार लेखी रहनुभएको छ ।

यसैगरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधन प्रसाद सिंह, ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री बेची लूगेली, खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद कुमार जयसवाल, गृह, सञ्चार तथा कानून मन्त्री विमला अन्सारी र श्रम तथा यातायातमन्त्री उर्मिला चौधरीले शपथ लिनुभएको छ ।

सोही समारोहमा प्रदेश प्रमुख भण्डारीको उपस्थितिमा तीन जना नव नियुक्त राज्यमन्त्रीहरूलाई मुख्यमन्त्री सिंहले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो ।

राज्यमन्त्रीहरूमा केशव राय स्वास्थ्य तथा जनसङ्ख्या, शारदा देवी थापा शिक्षा तथा संस्कृति रञ्जु कुमारी मण्डल खङ्ग रहनुभएको छ । विस्तारित मन्त्री मण्डलमा मधेश प्रदेशमा प्रतिनिधित्व गर्ने ६ दल सहभागी छन् ।

नवनियुक्त मन्त्रीहरूमा नेकपा एमालेका भौतिक पूर्वाधार विकास, स्वास्थ्य तथा जनसङ्ख्या, शिक्षा तथा संस्कृति, खेलकुद तथा समाज कल्याण गरेर ४ मन्त्रालय, नेकपा माओवादी केन्द्रमा अर्थ र उद्योग वाणिज्य तथा पर्यटन, नेकपा एसमा भूमि व्यवस्था, कृषि तथा सहकारी र ऊर्जा, सिँचाइ तथा खानेपानी र एक–एक प्रदेश सभा सदस्य भएका नेपाल संघीय समाजवादी पार्टीलाई गृह, सञ्चार तथा कानून र नागरिक उन्मुक्तिलाई श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

मुख्यमन्त्री सिंहले आफूसँग मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय र वन तथा वातावरण मन्त्रालय राख्नुभएको छ । आजै मन्त्रीहरूले मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार