मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

जनता र समाजवाद उन्मुख गणतन्त्रको पक्षमा उभिएर संघर्ष गर्ने बेला आएको छ - अध्यक्ष शाह

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
नरैनापुर गाउँपालिकामा गणतन्त्र दिवस मनाइयो
१६ जेठ २०८२, बिहीबार

बाँके । बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले गणतन्त्र बिचौलिया र दलालहरूको नियन्त्रणमा जाने खतरा बढ्दै गएको बताउनुभएको छ । 

गणतन्त्र दिवसको अवसरमा नरैनापुर गाउँपालिकाले आयोजना गरेको सडक सफाइ र प्रभातफेरी कार्यक्रमको कोणसभा कार्यक्रमलाई सम्बोधन गर्दै उहाले जनता र समाजवाद उन्मुख गणतन्त्रको पक्षमा उभिएर संघर्ष गर्ने बेला आएको जिकिर गर्नुभयो । 

ऐतिहासिक उपलब्धिहरू गणतन्त्रसहित धर्मनिरपेक्ष समानुपातिक र समावेशिताको प्रभावकारी कार्यान्वयनमा नरैनापुर गाउँपालिका दृढ रहेको अध्यक्ष शाहले उल्लेख गर्नुभयो । उहाले 'लोकतन्त्रबिनाको गणतन्त्र सार्थक गणतन्त्र हुन नसक्ने बताउदै उहाँले भन्नुभयो, 'गणतन्त्रबिनाको लोकतन्त्रमा सार्वभौमसत्ता वास्तविक रुपमा जनतामा हुँदैन ।,'  उहाँले भन्नुभयो 'हामी लोकतन्त्रसहितको गणतन्त्र र गणतन्त्रसहितको लोकतन्त्र अर्थात् लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा छौँ ।' 

पालिका स्तरमा नै जनतालाई गणतन्त्र आएको अनुभुति गर्ने गरी काम गरिरहेको बताउदै उहाँले गणतन्त्रले नरैनापुरको मुहार फेरिएको जिकिर गर्नुभयो । 

यस्तै कार्यक्रममा सहायक प्रशासकीय अधिकृत भरत महतोले गणतन्त्र दिवसको शुभकामना दिदैं जनताले सात दशक लामो बलिदानीपूर्ण सङ्घर्षबाट ल्याएको प्रणालीको संरक्षण र विकास गर्नु हाम्रो कर्तव्य हो र, हामी यस कर्तव्य पालनामा इमान्दारी र निष्ठाका साथ क्रियाशील रहेको बताउनु भयो । 

कार्यक्रममा बडा नं १ का अध्यक्ष इसाक जोलाह, वडा ३ का वडा अध्यक्ष अजय मौर्य , इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी निरिक्षक गणेशराज उप्रेती, सशस्त्र प्रहरी निरिक्षक सुशील केसी, महिला शाखा प्रमुख कृष्णा चन्द्र, क्राते प्रशिक्षक नरहरि नाथ योगी, रोजगार शाखा प्रमुख मकबुल मुकेरी, राजेश्व शाखा प्रमुख मुक्दर अलि मुकेरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी लगायतको सहभागिता रहेको कार्यक्रममा ४ जना कराते खेलाडीहरुलाई ब्ल्याक बेल्टबाट सम्मान गरिएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार