मुख्य समाचार
बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला |

बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै

यूथ टुडे समाचारदाता 3540+ समाचार ( )
३० चैत्र २०८२, सोमबार

नेपालगन्ज । बाँके युनेस्को क्लबले नेपालगन्जमा संचालन गरेको कुपोषणको व्यवस्थापन सम्बन्धी तीनदिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ ।

क्लबले हेलन केलर इन्टरनेशनल नेपालसँगको सहकार्य तथा स्वास्थ्य कार्यालय बाँकेको समन्वयमा बाँके जिल्लामा संचालनमा रहेको जिवनका लागि पोषण कार्यक्रम परियोजना अन्तर्गत सो तालिम नेपालगन्जमा संचालन गरिएको हो ।  

सो तालिमको उद्देश्य सहभागीहरूको क्षमता अभिवृद्धि गरी कुपोषण व्यवस्थापन तथा गुणस्तरीय पोषण सेवा प्रवाहलाई प्रभावकारी बनाउनु रहेको क्लबले जनाएको छ । तालिममा कुपोषणको पहिचान, उपचार, प्रतिवेदन प्रणाली तथा सहजीकरण सीप विकासमा विशेष जोड दिइएको थियो ।

तालिमकोे उद्घाटन नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्दको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा सपना परियारले सहभागीहरूलाई स्वागत गर्दै तालिम सफलताको शुभकामना व्यक्त गर्नुभयो भने स्वास्थ्य महाशाखा प्रमुख चन्दले तालिमको उद्देश्य र अपेक्षित उपलब्धिबारे जानकारी गराउनुभयो ।

अद्यावधिक निर्देशिका अनुसार सञ्चालन गरिएको उक्त तालिममा प्राविधिक ज्ञान प्रदान गर्न प्रस्तुतीकरण, समूहकार्य तथा व्यवहारिक अभ्यास जस्ता सहभागितामूलक विधिहरू प्रयोग गरिएको थियो । यसले सहभागीहरूको प्राविधिक क्षमता अभिवृद्धि गर्नुका साथै सरोकारवालाबीच समन्वय र सहकार्यलाई पनि सुदृढ बनाएको आयोजकले जनाएको छ ।

सहभागीहरूको तर्फबाट वडा नम्बर १५ स्वास्थ्य संस्थाका इन्चार्ज राजन बहादुर थापाले तालिममा सहभागी हुने अवसरप्रति आभार व्यक्त गर्दै सिकेका ज्ञान तथा सीपलाई आफ्नो कार्यक्षेत्रमा प्रभावकारी रूपमा लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनीता पौडेल र पोषण फोकल पर्सन बसन्ती मल्लको विशेष उपस्थिति रहेको थियो । तालिमको सहजीकरण जनस्वास्थ्य अधिकृत जागेश्वर बस्नेत, राजन शाही तथा नेपालगन्ज उपमहानगरपालिकाका पोषण फोकल पर्सन तेज बहादुर ओलीले गर्नुभएको थियो ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख पौडेलले स्वास्थ्यकर्मीहरूले पूर्ण प्रतिबद्धताका साथ सेवा प्रदान गर्नुपर्नेमा जोड दिँदै नेपालगन्जको पोषण अवस्था अझै सन्तोषजनक नभएको उल्लेख गर्नुभयो । उहाँले पोषण सुधारका लागि जीवनचक्र दृष्टिकोण अपनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

तालिमको समापन समारोहमा स्वास्थ्य शाखा प्रमुख चन्दले नेपाल सरकारको लक्ष्यअनुसार सेवा विस्तार गर्न र महिला स्वास्थ्य स्वयंसेविकासम्म सेवा पु¥याउन सक्रिय हुन सहभागीहरूलाई आग्रह गर्नुभयो ।

तालिममा नेपालगन्ज उपमहानगरपालिकाका वडा नम्बर १ देखि २३ सम्मका स्वास्थ्यकर्मी, बाँके युनेस्को क्लबका प्रतिनिधि तथा पोषण सहजकर्तासहित २९ जनाको सक्रिय सहभागिता रहेको थियो । 

तालिम व्यवस्थापनमा परियोजना संयोजक दृष्टि शाह र मील अधिकृत अनु चौधरीले सहयोग गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार