मुख्य समाचार
मधुवनमा अपांगता पहिचान तथा प्रारम्भिक अवस्थासम्बन्धी तालिम सम्पन्न | ओली नेतृत्वमा मात्रै एमालेको सिद्धान्त र कार्यक्रम सुदृढ हुन्छ : हारुन हलवाई | एमाले महाधिवेशन: आज उम्मेदवारी दर्ता र अन्तिम नामावली प्रकाशन, भोलि निर्वाचन | बक्यौता असुलीमा नेपालगन्ज वितरण केन्द्रको कडाइ, अनियमिततामा संलग्नमाथि पनि कारबाही | स्वास्थ्य सँस्था दर्ता तथा नविकरणको लागी सूचना प्रकाशित | बाँके युनेस्को क्लबद्वारा संस्थाको पाँच वर्षे संगठनात्मक रणनीति मस्यौदा तयार | चौथो पटक मन्त्रिपरिषद् विस्तार, थपिए चार नयाँ मन्त्री | राजनीतिक दलले केही गरेनन् भन्नु भ्रम हो : माधव नेपाल | सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति | दिगो वन संरक्षणकाे दिशामा नरैनापुर अगाडि |

क्रान्तिको नेतृत्व अब कलमले गर्नु पर्छ - प्रचण्ड

महमूद आलम खान 1132+ समाचार ( )
प्रचण्डले अघिल्लो सरकारले मिडिया माथि लगाएको अंकुशलाई देउवा सरकारले हटाउने र स्वतन्त्र भएर पत्रकारिता गर्ने वातावरण मिलाउने बताए ।
१८ मंगशिर २०७८, शनिबार

भरतपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिको नेतृत्व अब कलमले गर्ने बताएका छन् । बन्दुक छोडेर अब कलमले क्रान्तिको नेतृत्व गर्ने अवस्था आएको उनले बताए ।

चितवनमा शनिबार प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको उदघाटन गर्दै अध्यक्ष प्रचण्डले हिजोका दिनमा क्रान्तिका लागि प्रमुख बन्दुक भएपनि आजको समयमा कलम प्रमुख भएको बताए ।

‘बन्दुक छोडेर कलमले क्रान्तिको नेतृत्व गर्ने अवस्था आएको छ । हिजो क्रान्तिमा बन्दुक प्रमुख हुन्थ्यो अहिले कलम प्रमुख भएको छ’ अध्यक्ष प्रचण्डले भने ।

प्रतिगमनका विरुद्ध लडका लागि होस् वा आर्थिक समृद्धिको यात्रामा प्रेस जगतको महत्वपुर्ण योगदान हुनुपर्ने बताउँदै उनले प्रेस जगतले व्यवस्था रक्षाका लागि गरेको योगदानको प्रशंसा गरेका छन् ।

गत बर्ष संविधान उल्टाउने प्रयास भएको र अहिले पनि प्रतिक्रियावादी चलखेल गरिरहेकाले प्रेस जगत सजग हुनुपर्ने उनले बताए ।

एमालेले चितवनमा गरेको महाधिवेशनलाई अध्यक्ष प्रचण्डले मण्डलेहरुको भेलाको संज्ञा दिदै भने, ‘एमालेले मण्डले मेला गर्यो । जहाँ मण्डले प्रविति देखियो । एमालेमा मण्डले करण पंचायती करणा र प्रतिगमनकारी पक्ष छ । हामी प्रतिगमनलाई रोक्न चाहन्छौ ।’ प्रचण्डले अघिल्लो सरकारले मिडिया माथि लगाएको अंकुशलाई देउवा सरकारले हटाउने र स्वतन्त्र भएर पत्रकारिता गर्ने वातावरण मिलाउने बताए ।

अध्यक्ष प्रचण्डले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाउने विषय गठबन्धन र राजनीतिक दलहरुबीचको सहमतिका आधारमा मात्र हुने बताएका छन् ।

प्रेस सेन्टर नेपालको चौथो महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले महाअभियोग र एमसीसी प्रकरणले सत्ता गठबन्धन भत्किने आशंका भइरहेको बताउँदै गठबन्धनको भविष्यबारे ढुक्क हुन समेत आह्वान गरे ।

अध्यक्ष प्रचण्डले भने, ‘एमसीसीबारे जे हुन्छ राष्ट्रिय सहमतिमा हुन्छ । एमसीसीको बैठक र संसद बैठक एकैदिन पर्नु संयोगमात्र हो ।’ उनले प्रधानन्यायाधीशविरुद्ध महाअभियोगको कुरा आएको बताउँदै त्यो दलहरुबीच सहमतिका आधारमा महाअभियोग लगाउने वा नलगाउने निर्णय हुने बताए ।

प्रेस सेन्टरको चौथो महाधिवेसनले अध्यक्षसहित पदाधिकारी, सदस्य सहित नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार