मुख्य समाचार
बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण | करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक |

१५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन

यूथ टुडे समाचारदाता 3516+ समाचार ( )
११ वैशाख २०८३, शुक्रबार

बाँके ११ बैशाख । बढ्दो फोहोरमैला र वायु प्रदूषण नियन्त्रण गर्न बाँकेको जानकी गाउँपालिकाले कडा कदम चालेको छ । सार्वजनिक स्थलहरूमा अव्यवस्थित रूपमा फोहोर फाल्ने र वातावरण प्रदूषित गर्ने गतिविधि बढेपछि गाउँपालिकाले अत्यन्त जरुरी सार्वजनिक सूचना जारी गर्दै १५ दिनभित्र व्यवस्थापन गर्न अल्टिमेटम दिएको हो ।

गाउँपालिकाका अनुसार सार्वजनिक सडक, नाली, नहर, सिंचाइ योजना, खोला, कुलो तथा सडक आसपास विभिन्न व्यक्ति, संस्था, काठ उद्योग तथा अन्य व्यवसायिक प्रतिष्ठानबाट फोहोर फाल्ने र प्रदूषण फैलाउने कार्य भइरहेको भन्दै व्यापक जनगुनासो आएको छ । यसले वातावरणीय अवस्था बिग्रँदै गएकोप्रति स्थानीय सरकार गम्भीर बनेको जनाएको छ । 

सूचनामार्फत गाउँपालिकाले सबै सम्बन्धित पक्षलाई नियमानुसार फोहोरमैला व्यवस्थापन गर्न तथा वायु प्रदूषण नियन्त्रण गर्न निर्देशन दिएको छ । “सार्वजनिक स्थानमा फोहोर फाल्ने, अव्यवस्थित ढंगले व्यवस्थापन गर्ने र प्रदूषण फैलाउने गतिविधि तत्काल रोक्नुपर्छ,” सूचनामा उल्लेख गरिएको छ।

वैशाख ९ गते बसेको गाउँ कार्यपालिका बैठकको निर्णय पश्चात् आज प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायद्वारा हस्ताक्षरित सूचनामा तोकिएको समयसीमाभित्र सुधार नगरे कडा कारबाही गरिने चेतावनी दिइएको छ। प्रचलित कानूनअनुसार सम्बन्धित व्यक्ति, संस्था तथा व्यवसायीमाथि कारबाही प्रक्रिया अगाडि बढाइने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार