मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
१६ जेठ २०८३, शनिबार

बाँके । यादव सेवा केन्द्र केन्द्रीय कार्यसमितिको पाँचौँ अधिवेशनबाट सोहनलाल यादव अध्यक्ष तथा मिश्रिलाल यादव महासचिवमा निर्वाचित हुनुभएको छ। अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै संस्थालाई थप सक्रिय र प्रभावकारी ढंगले अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

नवनिर्वाचित अध्यक्ष सोहनलाल यादवलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल यादव महासंघका अध्यक्ष भुनेश्वर यादवले यादव समुदायको एकता, शिक्षा, सामाजिक रूपान्तरण र नेतृत्व विकासमा यादव सेवा केन्द्रले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो। उहाँले नयाँ नेतृत्वले समुदायका साझा मुद्दा उठाउँदै संस्थालाई अझ सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा बोल्दै जानकी गाउँपालिकाका प्रवक्ता टिकानाथ यादवले सोहनलाल यादव लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय, समर्पित र लोकप्रिय व्यक्तित्व भएकै कारण सर्वसम्मत रूपमा अध्यक्षमा निर्विरोध निर्वाचित हुन सफल भएको बताउनुभयो।

त्यसैगरी पूर्वमन्त्री विजय बहादुर यादवले नयाँ नेतृत्वप्रति विश्वास व्यक्त गर्दै यादव सेवा केन्द्रले समुदायको हित, सामाजिक सद्भाव र युवापुस्ताको सशक्तीकरणमा अझ प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो।

अधिवेशनमा लुम्बिनी प्रदेश सांसद भण्डारी यादव, गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादव, राम सुरेश यादव, राजु यादव, वीरेन्द्र यादव, दाङ यादव समाजका अध्यक्ष हिरालाल यादव, डा. श्यामसुन्दर यादव, सुरेश कुमार पर्सैला, संस्थापक सल्लाहकार बलराम यादव, टिकानाथ यादव, दयाराम यादवलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

नवनिर्वाचित अध्यक्ष सोहनलाल यादवले आफूलाई दिएको विश्वास र जिम्मेवारीप्रति आभार व्यक्त गर्दै यादव समुदायको हकहित, शिक्षा, सामाजिक विकास तथा संस्थागत सुदृढीकरणका लागि सबैलाई साथमा लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

पाँचौँ अधिवेशनले नयाँ नेतृत्व चयनसँगै यादव समुदायको एकता, सामाजिक उत्थान र संस्थागत विकासका लागि नयाँ ऊर्जा थपिएको सहभागीहरूले बताएका छन्। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार