मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

डेङ्गी भाइरसको सङ्क्रमण तिब्र रुपमा बढ्दै : पाँच हजारभन्दा बढीमा संक्रमण

यूथ टुडे समाचारदाता 3524+ समाचार ( )
महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीका अनुसार गत पुसयता मात्र पाँच हजार छ सय ८८ जनामा सङ्क्रमण देखिएको छ । सबैभन्दा बढी सुनसरी जिल्लामा तीन हजार चार सय ८६ जनामा डेङ्गीको सङ्क्रमण देखिएको छ ।
१५ श्रावण २०८०, सोमबार

काठमाडौं । नेपालमा डेङ्गी भाइरसको सङ्क्रमण पाँच हजारभन्दा बढीमा देखिएको छ । तीमध्ये आधा जति सुनसरी जिल्लामा देखिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीका अनुसार गत पुसयता मात्र पाँच हजार छ सय ८८ जनामा सङ्क्रमण देखिएको छ । सबैभन्दा बढी सुनसरी जिल्लामा तीन हजार चार सय ८६ जनामा डेङ्गीको सङ्क्रमण देखिएको छ ।

उहाँले लगातार परिरहेको पानीले गर्दा र सरसफाइमा ध्यान नदिँदा सङ्क्रमण दैनिक बढिरहेको बताउनुभयो । यही साउन १० गते चार हजार छ सय १९ जनामा देखिएको सङ्क्रमण त्यसपछिको पाँच दिनमा त्यो सङ्ख्या बढेर पाँच हजार छ सय ८८ मा पुगेको छ ।

डेङ्गी पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गी रोग लाग्दछ ।

यसपटक कोशी प्रदेशमा सङ्क्रमण बढेको पाइएको छ । कोशी प्रदेशमा तीन हजार आठ सय २१, बागमती प्रदेशमा नौ सय ६२, गण्डकी प्रदेशमा तीन सय ५७, सुदूरपश्चिम प्रदेशमा तीन सय २५, लुम्बिनी प्रदेशमा एक सय ७०, कर्णाली प्रदेशमा २७ र मधेस प्रदेशमा २६ जनामा सङ्क्रमण देखिएको छ ।

१० जिल्लामा बढी सङ्क्रमण

नयाँ देखिएका बिरामीमध्ये चार हजार नौ सय ३९ ९८७ प्रतिशत० बिरामी १० जिल्लाका रहेका छन् । सबैभन्दा बढी सुनसरी जिल्लामा तीन हजार चार सय ८६, धादिङ छ सय ५५, कास्की दुई सय आठ, दार्चुला एक सय ९१, काठमाडौँ ९६, सङ्खुवासभा ७५ जना, म्याग्दी ५८, मोरङ ५७, कञ्चनपुर ५७ र झापा ५६ जनामा डेङ्गीका बिरामी भेटिएका छन् ।

नेपालमा पहिलो पटक सन् २००४ मा एक जनामा डेङ्गी देखिएको थियो । मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ ।

यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घरवरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन आग्रह गरेको छ ।

पुसयता डेङ्गी सङ्क्रमणबाट चार जनाको मृत्यु भएको छ । अहिलेसम्म डेङ्गी सङ्क्रमण ७० जिल्लामा पुगेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार