मुख्य समाचार
यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले | “आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम |

नरैनापुरमा शिक्षाप्रति बालिकाको आकर्षण बढ्दो

यूथ टुडे समाचारदाता 3399+ समाचार ( )
२ अशोज २०८१, बुधवार

बाँके । बाँकेको नरैनापुर गाउँपालिकाले शैक्षिक क्षेत्रको विकासका लागि नरैनापुर–२ मा एक करोड ६९ लाख ४५ हजारको लागतमा आर्दश माध्यमिक विद्यालयको भवन निर्माण सुरु गरेको छ । आर्दश विद्यालयको निर्माणका लागि संघीय सरकारको विशेष अनुदान एक करोड १५ लाख, प्रदेश सरकारको समपूरक अनुदान ४० लाख र गाउँपालिकाको अनुदानमा आठ कोठे भवन र दुई वटा शौचालयको निर्माण भइरहेको पालिकाका लेखा अधिकृत भरत बस्नेतले बताउनु भयो  ।

कक्षाकोठा अभावमा पठनपाठनमा समस्या थियो । तिनै तहको सरकारको सहयोगमा सुविधा सम्पन्न भवन निर्माण भए पछि विद्यार्थीहरूलाई सहज हुने शिक्षिका चन्द्रा केसीले बताउनु भयो । उक्त विद्यालयमा हाल सात सय विद्यार्थी अध्ययनरत छन् । 

सङ्घीयता कार्यान्वयन भइसकेपछि दुर्गम मानिएको नरैनापुरले पनि शिक्षा क्षेत्रलाई निकै प्राथमिकताका साथ अघि बढाएको छ । नजिकैका विद्यालय मर्ज गर्नेदेखि प्राविधिक शिक्षा दिलाउनेतर्फ ध्यान दिएको छ । नरैनापुर गाउँपालिकाका २४ वटा विद्यालयमा सिसि क्यामरा र डिजिटल हाजिरीको व्यवस्था गरिएको छ । स्थानीय सरकारले गुणस्तरीय शिक्षा आर्जनका लागि प्रविधिमैत्री विद्यालय निर्माण अभियानमा जुटेको जनाएको छ । गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले सिसि क्यामराले विद्यार्थी र शिक्षकको हरेक क्रियाकलाप निगरानी गर्दै आइरहेको बताउनु भयो । उहाँले भन्नुभयो,‘डिजिटल हाजिरीले शिक्षक नियमित विद्यालय आउँछन् आउँदैनन् हेर्न सहज हुन्छ । 

शिक्षालाई प्राथमिकतामा राखेर योजना तर्जुमा गर्ने गरेको वडा नंं १ का वडा अध्यक्ष इसाक जोलाहको भनाई थियो । गाउँपालिका स्थित अन्तर विद्यालयमा अवलोकन गराएर नराम्रो कामको सुधार गर्न र राम्रो कामको अङ्गीकार गर्न प्रोत्साहित उहाँले जिकिर गर्नु भयो । 

नरैनापुर गाउँपालिकाका शिक्षा अधिकृत कृष्ण चौधरीले गुणस्तरीय शिक्षाका लागि सरोकारवाला पक्ष निकै चिन्तित भइरहेको सुनाउनु भयो । सानै उमेरमा विवाह गर्ने र बालबालिकालाई मजदुरी गर्न पठाउने कार्यलाई निरुत्साहित गर्न जरुरी रहेको उहाँको भनाई थियो । उहाँले भन्नुभयो गाउँपालिकामा गत आर्थिक वर्षमा नरैनापुर १ र नरैनापुर ६ मा गरी दुई वटा अत्याधुनिक भवनको निर्माण सम्पन्न भई विद्यालयलाई हस्तान्तरण गरि सकेको बताउँदै चौधरीले नरैनापुर २ को आर्दश मावि, नरैनापुर १ कटकुईया नेराप्रविको भवन निर्माण भइरहेको जानकारी दिनुभयो । 

गाउँपालिकाका इन्जिनियर प्रविन श्रेष्ठका अनुसार आदर्शको भवन सिताराम निर्माण सेवाले ठेक्का लिएर काम गरी रहेको छ । यस्तै कटकुइया नेराप्रविको ९५ लाखको लागतमा निर्माण सम्पन्न गर्ने गरी शुभा आरएस बिल्डर एण्ड सप्लार्यसले ठेक्का पाएको बताउँदै उहाँले यही आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने गरी काम भई रहेको जानकारी दिनु भयो । 

बालिकाहरूको पढाई प्रति आकर्षण बढ्दै

४० हजार जनसङ्ख्या रहेको बाँकेको नरैनापुरमा बालिकाहरूको पढाई प्रति आकर्षण बढेको छ ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले भन्नुभयो,छोरीलाई पढाउनु पर्दैन भन्ने अभिभावकको बुझाइका कारण नरैनापुरका अधिकांश छोरी विद्यालय जानबाट वञ्चित रहँदै आएका थिए तर लामो सङ्घर्ष पछि अहिले शिक्षा प्रति बालिकाहरूको आकर्षण बढेको बताउनु भयो ।

अध्यक्ष शाहले अझै पनि शिक्षा शाखाले अभिभावकमा सचेतना जगाउन जरुरी रहेकोले अभिभावकसँग शिक्षक र जनप्रतिनिधि कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिनु भयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार