मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

चर्चामा आउनका लागि जबरजस्ती डुडुवा गाउँपालिकाको वडा नं. ५ लाई बालविवाह मुक्त वडा घोषणा

महमूद आलम खान 1133+ समाचार ( )
प्रयोजनका सफल बनाउन जबरजस्ती बालबिवाह मुक्त बडा घोषणा
२३ कार्तिक २०७८, मङ्गलबार

बाँके । बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ५ लाई मंगलबार एक कार्यक्रमका बीच बालविवाह मुक्त वडा घोषणा गरिएको छ । डुडुवा गाउँपालिकाको वडा नम्बर ५ पालिकाकै पहिलो बालविवाह मुक्त वडा घोषणा भएको हो । 

कार्यक्रममा वडाध्यक्ष बुढाथोकीले बाल विवाहमुक्त वडा घोषणा तथा प्रतिबद्धता पढेर सुनाएपछि जिल्ला समन्वय समितिका प्रमुख अजय कुमार श्रीवास्तवले उक्त प्रतिबद्धतापत्र वडालाई हस्तान्तरण गरि वडालाई बालविवाह  मुक्त घोषणा गरिएको थियो । 

घोषणासभामा बाल विवाहको सर्वेक्षण प्रतिवेदन प्रस्तुत गर्दै स्याक नेपालका परियोजना प्रबन्धक जगदिश थापाले वडामा पछिल्लो एक वर्षमा २० प्रतिशत भन्दा कम बालविवाह भएकोले बालविवाह मुक्त घोषणा गर्न मिल्ने निर्देशिका अनुसार डुडुवा गाउँपालिका वडा नं. ५ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको थापाले बताए । 

‘हामी सबैको प्रतिबद्धता बालविवाह बिरुद्धको साझा प्रतिवद्धता’ भन्ने मूल नाराका साथ वडा नम्बर ५ लाई बालविवाह मुक्त वडा घोषणा सभा–२०७८ लाई सम्बोधन गर्नु हुदै प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख अजय कुमार श्रीवास्तवले यस अभियानमा साथ दिने संघसंस्थाहरुलाई धन्यबाद दिँदै बालविवाह शून्यमा झार्न सबैको उत्तिकै दायित्व हुने बताउनुभयो । साथै उहाँले अन्य वडालाई पनि बाल विवाह मुक्त वडा बनाउन सम्बन्धित सरोकारवाला निकाय पनि सक्रिय भएर लाग्नु पर्ने बताउनुभयो । 

सो कार्यक्रममा नेपाली काँग्रेसका वडा नं.५का वडा सभापति बेल बहादुर बोहरा, जनता समाजवादी पार्टी, क्षेत्र नं.२ का सभापति सूर्यलाल यादव, नेपाल युवा परिषद, लुम्बिनी प्रदेशका संयोजक सोम गुरुङ्ग, स्वास्थ्य चौकीका ईन्चाज बिर बहादुर पुन, इलाका प्रहरी कार्याल, कम्दीका ईन्चार्ज गोपाल प्रसाद शर्मा, किशोरी क्लब तथा बाल क्लबका पदाधिकारी लगायत सम्बन्धित सरोकारवाला निकायको सहभागिता रहेको थियो । 

डुडुवा गाउँपालिकाको पहिलो वडाका रुपमा वडा नम्बर ५ बालविवाह मुक्त वडा घोषणा भएको क्षण ऐतिहासिक भएको बताउँदै बालविवाह मुक्त अभियानमा स्याक नेपालले खेलेको भूमिका अत्यन्तै प्रशंसनीय रहेको डुडुवा गाउँपालिकाका कि कार्यपालिका सदस्य लिलावती यादवले बताईन् । 

वडामा गरिएको सर्भेक्षणको आधारमा बालअधिकार संरक्षण समितिको सिफारिसमा सो वडालाई बालबिवाह मुक्त वडा घोषणा गरिएको गाउपालिकाका वडा नं. ५ का वडा अध्यक्ष पर्शुराम बुढाथोकीले जानकारी दिए । वडालाई बालविवाह मुक्त घोषणा गर्न सहयोग गर्ने सामाजिक संघसंस्था र ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रमका सहभागीहरुले प्रयोजन सफल बनाउनका केहि गैर सरकारी संस्थाहरुको दबाबमा बालबिवाह मुक्त बडा घोषणा गरिएको प्रति स्थानीयहरुले आक्रोश पोखे । दैनिक रुपमा बालबिवाह हुदै आएको वडालाई राजनितिक स्वार्थ पुर्तिका लागि वडा अध्यक्षले बालबिवाह मुक्त बडा घोषणा गरेको स्थानीयहरुको भनाई थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार