मुख्य समाचार
बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग |

फ्रान्सको कलैसस्थित समुद्रमा दुर्घटना हुँदा २७ जनाको मृत्यु

महमूद आलम खान 1133+ समाचार ( )
फ्रान्स र बेलायत छुट्याउने समुद्री क्षेत्रमा उनीहरु चढेको डुङ्गा पल्टेको हो। फ्रान्सले यसअघि ३१ जनाको मृत्यु भएको बताएको थियो तर पछि यो तथ्यांक सच्याइएको छ
९ मंगशिर २०७८, बिहीबार

काठमाडौँ । फ्रान्सबाट आप्रवासी बोकेर बेलायततर्फ जाँदै गरेको डुंगा फ्रान्सको कलैसस्थित समुद्रमा दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पाँच महिला र एक बच्चा रहेको फ्रान्सको आन्तरिक मामिला मन्त्रालयले जनाएको बीबीसीले उल्लेख गरेको छ । फ्रान्स र बेलायत छुट्याउने समुद्री क्षेत्रमा उनीहरु चढेको डुङ्गा पल्टेको हो। फ्रान्सले यसअघि ३१ जनाको मृत्यु भएको बताएको थियो तर पछि यो तथ्यांक सच्याइएको छ।

दुर्घटनासँगै फ्रान्स र बेलायतको उद्धार टोली उक्त क्षेत्रमा खटाइएको छ। अलजाजिराका अनुसार फ्रान्सले यो डुङ्गा दुर्घटनामा सम्बन्ध रहेको हुन सक्ने आशंकामा चारजनालाई पक्राउ गरेको छ। दुर्घटनामा परेकामधये दुईजनाको गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको तर उनीहरुको पहिचान भने खुल्न नसकेको फ्रान्सले बताएको छ। बेलायती पत्रिका टाइम्सका अनुसार दुर्घटनामा मृत्यु हुनेमध्ये एकजना पहिला बेलायती सेनाको लागि काम गर्ने अफगान नागरिक थिए।

लामो समयदेखि बेलायतको सहयोग पर्खिँदा पनि सहयोग नपाएपछि उनले जोखिमपूर्ण यात्रा गर्ने निर्णय गरेका थिए। फ्रान्सका प्रधानमन्त्री जिन कास्टेक्सले यसलाई दुःखद घटना भएको बताएका छन्। यस्तै बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले घटनाप्रति गम्भीर दुःख व्यक्त गरेका छन् । सन् २०१४ देखि तथ्यांक संकलन गर्न थालिएयता डुंगा डुबेर यति धेरै संख्यामा आप्रवासीको एकैपटक ज्यान गएको यो पहिलो घटना हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार