मुख्य समाचार
नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण | करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक | जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता |

देवकी अभिलाषीको कविताकृति आदिवासी भोक लोकार्पण

यूथ टुडे समाचारदाता 3515+ समाचार ( )
एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन क्यालिफोर्निया, अमेरिकाले प्रकाशन गरेको कवि अभिलाषीको कविताकृति ‘आदिवासी भोक’ पुस्तकलाई ईन्डिगो इङ्कले वितरण गरेको छ।
२९ वैशाख २०८०, शुक्रबार

काठमाडौं । कवि देवकी अभिलाषीको कविताकृति ‘आदिवासी भोक’ लोकार्पण भएको छ ।

ग्रामीण भेगका गरिब तथा जेहेन्दार बालबालिकाको शैक्षिक सहयोगार्थ परदेशमा बस्ने नेपालीहरुको साझा संस्था एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन क्यालिफोर्निया, अमेरिकाले प्रकाशन गरेको अभिलाषीको कविताकृति ‘आदिवासी भोक’ उर्वरा फाउण्डेसन नेपालको आयोजनामा शुक्रबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा एक समारोहकाबीच लोकार्पण गरिएको हो ।

कविताकृति ‘आदिवासी भोक’ को लोकार्पण समारोहको प्रमुख आथित्यता कवि, लेखक तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले गर्नु भएको थियो भने समारोहको अध्यक्षता कवि उषा शेरचनले गर्नुभएको थियो । देउराली फाउन्डेसनका अध्यक्ष भिम घिमिरे, लेखक तथा समालोचक कुमारी लामा, राजकुमार बानियाँसहितका दिग्गज व्यक्तित्वहरू सो लोकार्पण समारोहमा अतिथिका रूपमा उपस्थित हुनुन्थ्यो ।

समारोहका प्रमुख अथिति राईले पाठक भनेको समाज भएको भन्दै कवितालाई पाठकहरुको जिम्मा लगाउन लगाएर परम्परागत औपचारिक कार्यक्रम गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नु भयो, “पहिला कविता व्यक्तिगत शोखका लागि लेखिन्थ्यो तर अबको कविता समाज उत्खनन् गर्ने माध्यम हुनुपर्छ । कविता भनेको शास्त्र सिर्जाना हो, कविता दर्शन होइन समाज हो, त्यसैले अभिलाषीको ४२ वटा कवितामा समाज भेटिन्छ ।”

त्यस्तै लेखक तथा समालोचक राजकुमार बानियाँले अभिलाषीको ‘आदिवासी भोक’ कवितामा छोटा कविता रहेको र ति निकै प्रभावकारी रहेका बताउनु भयो ।  

“कवितामा आन्तरिक संगीतको प्रयोग, खुवालुङ, अरुणनदीको डिलमा भेटिने साँस्कृतिक संगीत तथा सौन्दर्य रहेको छ । अभिलाषीको ‘आदिवासी भोक’ कृतिम बौद्धिक देखाउनबाट बचेको संग्रह हो,” बानियाँले भन्नु भयो ।

लेखक तथा समालोचक कुमारी लामाले आदिवासी इतर समुदायको भएर पनि कवि अभिलाषीले सामाजिक उत्तरदायित्व बोधले कविताकृति ‘आदिवासी भोक’ लेखेको बताउनु भयो । “कवि अभिलाषी आदिवासी इतर भएर पनि सामाजिक उत्तरदायित्व बोधले यो कविताकृति ल्याउनु भयो । सीमान्तकृत र सत्ताबाट च्युत गरिएकोहरुको आवाज यस कविताकृतिमा पाइन्छ,” उहाँले भन्नु भयो ।

अभिलाषीको यस कविता संग्रहका ४२ वटा कवितामा महिला स्वतन्त्र, सहर, समाजमा घटेका घटनालाई कविता मार्फत शसक्त हस्तक्षेप गर्न सकेको लेखक तथा समालोचक लामाले बताउनु भयो । 

 लोकार्पण कार्यक्रममा कवि लक्ष्मी रुम्बा, रिमा केसी, प्रकाश लगायतले कवि अभिलाषीको कविताकृति ‘आदिवासी भोक’ भित्र रहेका केही कविता बाचन गरेर सुनाउनु भएको थियो । 

कवि अभिलाषीले आफ्नो कविताकृति ‘आदिवासी भोक’ प्रकाशन गर्ने एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन क्यालिफोर्निया, अमेरिकाका अध्यक्ष एवम् समाजसेवी माधव मरासिनीप्रति विशेष आभार व्यक्त गर्नु भयो । एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन क्यालिफोर्निया, अमेरिकाले अभिलाषीको यो कविताकृति ग्रामीण भेगका गरिब तथा जेहेन्दार बालबालिकाको शैक्षिक सहयोगार्थको प्रकाशनमा ल्याएको हो । संस्थाका अध्यक्ष एवम् समाजसेवी मरासिनीले नेपालको स्वास्थ, शिक्षा, खेलकुद लगायतका क्षेत्रमा सहयोग गर्नुको साथै अन्तर्राष्ट्रिय शिक्षा, स्वास्थ तथा पत्रकारिता पुरस्कार वितरण गर्दै आउनुभएको छ ।  

लोकार्पण कार्यक्रममा कवि देवकी अभिलाषीले आफ्नो कविता कृति ‘आदिवासी भोक’ को प्रकाशक एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन क्यालिफोर्निया, अमेरिका, लोकार्पण कार्यक्रमको आयोजक उर्वरा फाउण्डेसन नेपाल, एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन क्यालिफोर्निया, अमेरिकासँग सहकार्य गरी नेपालमा प्रकाशनमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने वरिष्ठ पत्रकार एवम् देउराली फाउण्डेसनका अध्यक्ष भीम घिमिरे लगायत सहयोग सुभेच्छा प्रदान गर्ने देखि आफुलाई माया संगै विश्वास गरेर आजको कविताकृति लोकार्पण समारोहमा उपस्तिथित भएका सबैलाई धन्यवाद व्यक्त गर्दै रचनात्मक सुझावको अपेक्षा गर्नु भयो । 

एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन क्यालिफोर्निया, अमेरिकाले प्रकाशन गरेको कवि अभिलाषीको कविताकृति ‘आदिवासी भोक’ पुस्तकलाई ईन्डिगो इङ्कले वितरण गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार