मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

बर्दियामा फैलिएको दादुरा नियन्त्रणमा, WHO को भूमिका महत्वपूर्ण रहेको स्वास्थ्यकर्मीको भनाई

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
दादुरा रुबेला नियन्त्रणमा बिश्व स्वास्थ्य संगठनका चिकित्सक रमन सहितको टोलीको अथक प्रयासका कारण बर्दियामा दादुरा रुबेला समयमा नै नियन्त्रणमा आएको जिकिर गर्नु भयो ।
२६ माघ २०७९, बिहीबार

बर्दिया । बर्दियामा फैलिएको दादुरा नियन्त्रणमा आएको छ । जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बालबालिकामा दादुरा संक्रमण देखिए पनि असर नदेखिएको बताउनु भयो ।

जिल्लाको गुलरिया नगरपालिका २ मा १ जना वडा नं. ९ मा ३ जना र बढैयाताल गाँउपालिकामा ४ जना, राजापुर नगरपालिकामा १ जना र बारबर्दिया नगरपालिकामा १ जना गरी जम्मा १० जनामा दादुरा रुवेला देखिए पछि बढैयाताल र गुलरीया नगरपालिकाको वडा नं.९ मा खोप लगाए संग दादुर रुबेला शून्यमा झरेको जानकारी दिनु भयो । 

उहाँले दादुरा संक्रमण देखिएको पालिकाका शतप्रतिशत बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप दिएकोले डराउनुपर्ने अवस्था नरहेको बताउनु भयो ।  

गुलरीया नगरपालिकाका जनस्वास्थ्य निरीक्षक शिव कुमार चौधरीले गुलरीयाको वडा नं. ९ टेपरीमा ३ जनामा दादुरा देखिए पछि विश्व स्वास्थ्य संगठनका चिकित्सक तृप्ति पाल रमन लगायतका स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गरी खोप, भिटामिन ए क्याप्सुल लगायतका औषधि उपलब्ध गराएको बताउनु भयो । उहाँले भन्नुभयो, दादुरा रुबेला नियन्त्रणमा बिश्व स्वास्थ्य संगठनका चिकित्सक रमन सहितको टोलीको अथक प्रयासका कारण बर्दियामा दादुरा रुबेला समयमा नै नियन्त्रणमा आएको जिकिर गर्नु भयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार