मुख्य समाचार
पेडारी खानेपानी उपभोक्ता तथा सरसफाई समितिको निर्वाचनमा अध्यक्ष सिताराम थारूको प्यानल विजयी | नेपाल मुस्लिम ईत्तेहाद संगठनको सातौं महाधिवेशनका लागि लोगो सार्वजनिक | नरैनापुरमा सौर्य ऊर्जा उत्पादनका लागि विदेशी लगानीकर्ताहरु तयार | लुम्बिनी कप महिला फुटबल : पुलिससँग पाहुना टोली सिलिगुडी ४–० ले पराजित | संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउने विषयमा तीन शीर्ष नेताको परामर्श | नेपालगञ्ज–काठमाडौं ‘फाईटर किङ्ग’ लक्जरी बस सेवा सुरु "पश्चिम नेपालकै पहिलो सिल्पर सोफा बस" | पत्रकार विश्वकर्मालाई प्रजिअ जोशीको धम्की, प्रहरीद्वारा केरकार | मूल्यवृद्धिको अध्ययन गर्न संसदीय समितिका सभापति खान सहितको टोली लुम्बिनी प्रदेशमा | नेपालगञ्जमा थारु हाउसको मेयर बिष्टले गरे उद्घाटन | डेढ दशकअघि बहुचर्चित युनिटी ठगी प्रकरण : सञ्चालकहरू सर्वोच्चबाट दोषी ठहर |

चिकित्सक लिएर प्रजिअ सहितको टोली झाडा पाखाला प्रभावित क्षेत्रमाः बिरामीको संख्या बढेर ५० पुग्यो

यूथ टुडे समाचारदाता 2591+ समाचार ( )
१७ भाद्र २०८१, सोमबार

बाँके । बाँकेको नरैनापुर गाँउपालिका–३ गेगलीमा ‘झाडापाखाला’ को प्रकोप देखिएपछी बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल सहितको टोली प्रभावित क्षेत्रमा पुगेको छ । 

गाँउपालिका अन्तर्गत वडा नम्बर ३ गेगली झाडापाखालाको प्रकोप फैलिए पाएपछि प्रमुख जिल्ला अधिकारी तथा सम्पुर्ण सुरक्षा निकाय, नरैनापुरका अध्यक्ष र जनस्वास्थ्य कार्यालयको नेतृत्वमा चिकित्सकको टोली प्रभावित क्षेत्रमा पुगेको होे । 

झाडापाखालाको प्रकोप अत्याधिक भएको खबर पाएपछि औषधि सहित टोली उक्त प्रभावित क्षेत्रमा पुगेको बाँकेका प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिनु भयो । 

झाडा पाखालाका कारण बाँकेको नरैनापुरका ४ जनाको मृत्यु

बाँकेको नरैनापुरमा झाडा पाखालाका आईतबार ४ जनाको मृत्यु भएको थियो । नरैनापुर –३ गेगलीमा एकै परिवारका २ जना गरी ४ जनाको मृत्यु भएपछि प्रमुख जिल्ला अधिकारी रिजाल सहित स्वास्थ्यकर्मीको टोली नरैनापुर पुगेको हो । 

एक्कासि फैलिएको झाडापखालाबाट गाउँका ५० जना बिरामी परेका छन । वडा सदस्य यार मोहम्मद खाँका अनुसार हरिराम पासीको श्रीमति वर्ष २५ कि रुसा पासी र उनी छोरी वर्ष डेढ कि नन्दनी पासी, मोहन लाल पासीको श्रीमति वर्ष ६० कि शान्ति पासी, र सखावत अलिको छोरा वर्ष १० को यूसुफको मेट दुखाई पछि सुरु भएको बान्ता र झाडापाखा कै कारण भएको बताउनु भयो । 

झाडापखालाले पुरै गेगली गाँउ प्रभावित बनेको छ भने उपचार सुरु गरिएको जनस्वास्वस्थ्य निरिक्षक देब नारायण उपाध्ययले बताउनु भयो ।  

अत्यधिक गर्मी र खानेपानीमा केही गडबडी भएका कारण सो गाउँमा झाडा पखाला फैलिएको हुनसक्ने स्वाथ्यकर्मीको भनाई  छ । फोहोर पानीका कारण उनीहरूमा झाडापखाला लागेको र मृत्यु भएको हुनसक्ने बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार