मुख्य समाचार
मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा | हाफिज डा.मो. साबिर खानको निधन, पत्रकार आलम खानलाई पितृशोक | नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ |

फेसबुकमा मन्त्रीको आलोचना गर्दा स्वास्थ्यकर्मी पक्राउ

यूथ टुडे समाचारदाता 3526+ समाचार ( )
२३ असार २०८३, मङ्गलबार

काठमाडौं । स्वास्थ्यमन्त्री निशा मेहताविरुद्ध आलोचनात्मक टिप्पणी गरेको आरोपमा प्रहरीले धनुषाका एक जना स्वास्थ्यकर्मीलाई सोधपुछ गरेको छ ।

सामाजिक सञ्जालमा मन्त्री मेहताको आलोचना गरेका हेल्थ असिस्टेन्ट नवेश अधिकारीलाई धनुषा प्रहरीले सोमबार साँझ जनकपुरधामको पिडारी चोकबाट नियन्त्रणमा लिएको थियो ।

धनुषा स्थित एक निजी स्वास्थ्य संस्थामा काम गर्दै आएका अधिकारीले स्वास्थ्यकर्मी सेवा सुविधा बढाउन माग गर्दै मन्त्रीको राजीनामा माग्दै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । अधिकारीले शनिवार स्वास्थ्यमन्त्री मेहताको तस्वीर रातो मसिले क्रस गर्दै ‘माफिया मन्त्री’ उल्लेख गरेर पोस्ट गरेका थिए ।

त्यसपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । तर, उनीविरुद्ध हालसम्म कुनै ठोस प्रमाण वा औपचारिक उजुरी नपरेकाले सम्झाइबुझाइ आज छाडिएको धनुषाका एसपी रुपेश खड्काले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार