मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

नेपालगंज ६ मा एमालेको घरदैलो, विकास र समृद्धिको लागि एमालेलाई भोटदिन आग्रह

महमूद आलम खान 1133+ समाचार ( )
नेपालगंज ६ का वडा अध्यक्ष पदका उम्मेदवार समिर प्रताप सिह, वडा सदस्यहरु सुरेश सोनी,प्रेम नारायण पाठक,नितु देबी पाठक र रमा बिश्वकर्मा संयुक्त रुपमा घरदैलो अभियान सुरु गरेका हुन् ।
१५ वैशाख २०७९, बिहीबार

बाँके । नेकपा एमालेले नेपालगंज उपमहानगरपालिकामा घरदैलो कार्यक्रम सुरु गरेको छ । विहिबार नेपालगंज वडा नम्वर ६ मा उम्मेद्वार सहित घरदैलो कार्यक्रम सुरु गरेको हो । नेपालगंज ६ का वडा अध्यक्ष पदका उम्मेदवार समिर प्रताप सिह, वडा सदस्यहरु सुरेश सोनी,प्रेम नारायण पाठक,नितु देबी पाठक र रमा बिश्वकर्मा संयुक्त रुपमा घरदैलो अभियान सुरु गरेका हुन् ।

नेपालगंज ६ को बिभिन्न टोलमा उनीहरुले घरदैलो गर्दै एमालेका उम्मेदवारलाई जिताउन आग्रह गरे । नेपालगंज ६ को समृद्धि र विकासका लागी एमालेको जीत आवश्यक रहेको बताउदै आफुहरुलाई जिताउन वडा अध्यक्ष सिंहले आग्रह गरे ।

उनीहरुले आफुहरुलाई जिताए जनताको सेवक भएर काम गर्ने जनतासंग प्रविद्धता ब्यक्त गरेका छन् । वडा अध्यक्षका उम्मेदवार सिहंले सडक, खानेपानी लगायत पूर्वाधार विकासका विगतका योजनालाई पुरा गर्न आफनो जित आवश्यक रहेको बताए । नेपालगंज ६ को हरेक टोललाई समान रुपमा विकास गर्नका लागि एमालेको जित आवश्यक रहेको बताए ।

वडा सदस्यका उम्मेदवार सुरेश सोनीले नेपालगंज ६ लाई सांस्कृतिक, धार्मिक पर्यटनका रुपमा विकास गर्नका लागि एमालेको जित आवश्यक रहेको बताए । उनले नेपालगंज ६ फुल्टेक्राको मात्रै नभएर नेपालकै विकास र समृद्धिको योजना एमालेसंग भएको बताउदै नेपालगंजको सवै वडालाई सुविधा सम्पन्न बनाउने भिजन र योजना रहेको सुनाएका थिए । उनले बृद्धबृद्धा,महिलालाई सम्मान गर्ने र बालबालिका,युवा यूवतीहरु संग सहकार्य गदै समातामुलका समाज निर्माण गर्ने पार्टी एमाले मात्रै भएको दाबी गरेका थिए ।

घरदैलो कार्यक्रम एमाले समर्थक लगायत वडामा उम्मेदवारी दिएका वडा अध्यक्ष र सदस्यहरुको सहभागिता रहेको थियो भने वडामा पुगेका उम्मेदवारलाई जनताले माला र अविर लगाएर स्वागत गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार