मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

नरैनापुरमा १०१ औलोका बिरामी भेटिए, ४३ सय जनालाई कीटनाशक झुल वितरण

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
१३ वैशाख २०८१, बिहीबार

बाँके । बाँकेको नरैनापुर गाउँपालिकामा औलो रोगको सङ्क्रमण फैलिएपछि पालिकाले उच्च सतर्कता अपनाएको छ । 

यहाँ गत आर्थिक वर्षमा १०२ जनामा औलो रोग पुष्टि भएको थियो भने चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म नरैनापुरमा १०१ औलोका बिरामी भेटिएको गाउँपालिकाका स्वास्थ्य संयोजक नगेन्द्र कुमार शाहले बताउनुभयो ।

नरैनापुर क्षेत्रमा महिनौँदेखि औलोका बिरामी थपिँदै गएकाले पालिकाको समन्वयमा रगत परीक्षण, कीटनाशक झुल वितरण र सचेतनामूलक अभियान सञ्चालन गरिएको जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगत बहादुर शाहीले जानकारी दिनुभयो ।

जनस्वास्थ्य प्रमुख शाहीका अनुसार पालिकाको सबै भन्दा उच्च जोखिममा रहेको वडा नं नं. ३ मा ४ जार ३ सय घर परिवारलाई कीटनाशक झुल वितरण गरिएको बताउनुभयो । 

रोग नियन्त्रण तथा व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सहयोगमा स्वास्थ्य कार्यालय र स्थानीय तहको संयुक्त पहलमा कीटनाशक झुल वितरण र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको नरैनापुरका प्रमुख प्रशासकीय अधिकृत जनक लाल चौधरीले बताउनुभयो 

चालु आव २०८०÷०८१ को साउनदेखि माघसम्म नेपालगञ्ज उपमहानगरपालिका, डुडुवामा र राप्तीसोनारी गाउँपालिकामा पाँच ÷पाँच जना, बैजनाथ गाउँपालिकामा एक जनामा औलोका बिरामी भेटिएको फोकल पर्सन दुर्गा गौतमले बताउनुभयो । 

कोहलपुर नगरपालिका, खजुरा र जानकी गाउँपालिकामा औलोका बिरामी नरहेको जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले भन्नुभयो, “पालिकाका केही वडामा औलो रोग भेटिएको छ, हामीले थाहा पाउनै बित्तिकै स्वास्थ्यकर्मी परिचालन गरी व्यवस्थापन गरिरहेका छौँ, उक्त रोगविरुद्ध हामी उच्च सतर्कता अपनाएका छौँ ।”

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार