मुख्य समाचार
पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन | कन्या विद्यालयलाई माध्यमिक तहसम्म विस्तारः जानकीमा गुणस्तरीय शिक्षाको नयाँ अभियान सुरु | प्रमुख प्रशासकीय अधिकृतहरूको ‘यौनकाण्ड’ उजुरीले सामान्य प्रशासन मन्त्रालयमा हलचल | संविधान कुल्चँदै सांसदलाई तत्कालीन राजपरिवारलाई जस्तै उन्मुक्ति दिने प्रस्ताव | शेखर गोल्छा पक्राउ |

बाँकेमा निर्वाचन सुरक्षा कडाइ : प्रजिअ तामाङको नेतृत्वमा मतदानस्थलको अनुगमन

यूथ टुडे समाचारदाता 3330+ समाचार ( )
२ मंगशिर २०८२, सोमबार

बाँके । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिए संगै बाँकेमा सुरक्षा निकायहरूले मतदानस्थल तथा मतदान केन्द्रहरूको स्थलगत अनुगमनलाई तीव्रता दिएका छन् । निर्वाचनलाई शान्त, निष्पक्ष र पूर्ण सुरक्षित वातावरणमा सम्पन्न गराउने लक्ष्यसहित प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दिलकुमार तामाङको सक्रिय नेतृत्वमा जिल्ला प्रशासनले सुरक्षा योजना सुदृढ बनाउँदै गएको छ ।

प्रजिअ तामाङका अनुसार जिल्लाभरि रहेका मतदानस्थल र केन्द्रहरूको वास्तविक अवस्था, भौतिक पूर्वाधार, जोखिम स्तर तथा आवश्यक सुरक्षा व्यवस्थाको अध्ययन गर्न स्थलगत अनुगमन सुरु गरिएको हो। उहाँले भन्नुभयो, “हामी अहिले जोखिम मूल्याङ्कन, सुरक्षाकर्मीको आवश्यक संख्या र समग्र सुरक्षा रणनीति बनाउन प्रत्यक्ष रूपमा फिल्डमा उत्रिएका छौँ।”

हालसम्म नरैनापुर, राप्ती सोनारी, खजुरा र डुडुवा गाउँपालिकाका विभिन्न मतदानस्थल तथा मतदान केन्द्रको निरीक्षण सकिएको छ भने बाँकी क्षेत्रको अनुगमन निरन्तर जारी रहेको प्रशासनले जनाएको छ।

अनुगमन तथा अध्ययनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा विशेष कार्यदल गठन गरिएको छ। कार्यदलको प्रतिवेदनका आधारमा जिल्लाभरका १३८ मतदान स्थल र ३८० मतदान केन्द्रका लागि विस्तृत सुरक्षा योजना लागू गरिने प्रजिअ तामाङले बताउनुभयो।

जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) अङ्गुर जिसीले प्रहरी, प्रशासन, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखहरू संयुक्त रूपमा फिल्डमा खटिएर अनुगमन गरिरहेको जानकारी दिनुभयो। राष्ट्रिय अनुसन्धानका बाँके प्रमुख हरिस बिष्ट र सशस्त्र प्रहरी उपरीक्षक शोभाकान्त खनाल पनि टोलीमा सहभागी छन् ।

जिल्लाभरि भइरहेको यो सक्रिय अनुगमन र समन्वित सुरक्षा अभ्यासले आगामी निर्वाचन शान्तिपूर्ण, व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न हुने विश्वास जिल्ला प्रशासनले व्यक्त गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार