मुख्य समाचार
यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले | “आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम |

बाल संरक्षण तथा मानब बेचबिखनका घटना ब्यबस्थापन तालिम सुरु

यूथ टुडे समाचारदाता 3399+ समाचार ( )
२९ वैशाख २०८२, सोमबार

बर्दिया । मानब बेचबिखन नियन्त्रण समितिका सदस्य तथा सरोकारवाला लाइ बाल संरक्षण तथा मानब बेचबिखनका घटना ब्यबस्थापन बारे ३ दिने तालिम मधुबनमा सुरु भयको छ  ।

मधुबन नगरपालिकाको आयोजना ,प्लान इन्टरनेसनल नेपाल र बाँके युनेस्को क्लबको आर्थिक तथा प्राबिधिक सहयोगमा सुरक्षा परियोजना अन्तर्गत संचालित उक्त तालिममा पालिकाका उप प्रमुख, नगर प्रबक्ता ,वडा अध्यक्ष,महिला बालबालिका शाखा प्रमुख ,कार्यपालिका सदस्य ,प्र.अ , बरिस्ठ सहायक प्रहरी निरीक्षक लगायतको सक्रिय सहभागिता रहेको थियो ।

मानब बेचबिखन तथा ओसारपसारका घटना नियन्त्रण बारेमा समितिका सदस्य हरुको क्षमता विकास विकास गर्ने उदेश्यले संचालित तालिमको उद्घाटन सत्रको संचालन तालिमको उदेस्य बारे बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक इश्वर बिकले गर्नु भयको थियो भने मधुबन नगरपालिकाका नगर प्रबक्ता उद्घाटन सत्रमा बोल्दै मानब बेचबिखन तथा ओसारपसारका घटना दिनदिनै बढ्दै गयको र यसलाई नियन्त्रण गर्न चुनौती देखियकाले यसका बिरुद्ध लड्न स्थानीय सरकार ,प्रहरी संघ संस्था ,स्थानीय निगरानी समूह सक्रिय भयर अभियान संचालन गर्ने कुरामा जोड दिनु भयको थियो 

३ दिने तालिमको पहिलो दिनमा बाल अधिकार ,बाल संरक्षण ,बाल बालिका माथि हुने हिंशा तथा रोकथाम , मानब बेचबिखन तथा ओसारपसारको अवधारणा ,यसका कारण ,मानब तस्करी,शोषण,कानुनि प्रावधान बारेमा माइती नेपाल कार्यक्रम संयोजक अधिबक्ता केशब कोइराला र बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक इश्वर बिकले सहजीकरण गर्नु भयको थियो 

तालिममा समूह कार्य मार्फत मानब बेच बिखन नियन्त्रण गर्न स्थानीय जनप्रतिनिधि ,कर्मचारी ,नेपाल प्रहरी ,सशस्त्र प्रहरी र संघ संस्थाको दायित्व तथा भूमिका बारे प्रस्तुत गरियको थियो ।

कार्यक्रममा बाँके युनेस्को क्लबका उप कार्यकारी निर्देशक गोबिन्द प्रसाद लामिछाने र फिल्ड सुपरभाइजर सावित्रा भाटको उपस्थिति रहेको थियो

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार