मुख्य समाचार
आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार |

स्वच्छ नेतृत्व र पारदर्शी शासनको अभियानमा – ‘मधेेश प्रदेशमा नयाँ राजनीतिक चेतनाको शुरुवात’

यूथ टुडे समाचारदाता 3593+ समाचार ( )
२९ अशोज २०८२, बुधवार

जनकपुर । ‘स्वच्छ नेतृत्व, पारदर्शी शासन र भ्रष्टाचारमुक्त मधेश प्रदेश सरकार’ गठनको मागसहित मधेश प्रदेशमा नयाँ राजनीतिक चेतनाको लहर सुरु भएको छ। भदौ २२ र २४ गतेका ऐतिहासिक विरोधसभाबाट प्रारम्भ भएको जनजागरण अब ठोस राजनीतिक अभियानमा रुपान्तरित भएको छ।

मधेेश प्रदेशमा सुशासन र पारदर्शितामुखी नयाँ सरकार गठनको जनचाहना तीव्र रूपमा बढ्दै गएको छ। यही जनआकांक्षालाई मूर्त रूप दिन ‘स्वच्छ छवि र इमानदार नेतृत्व’ को पक्षमा मधेशका सचेत युवा, सर्वसाधारण र नागरिक समाजका प्रतिनिधिहरू सक्रिय भएका छन्।

प्रदेशको वर्तमान राजनीतिक परिवेशमा जनताले भ्रष्टाचार, परिवारवाद र नातावादबाट मुक्त नेतृत्व चाहेका छन्। “अभियानको मुख्य उद्देश्य मधेशको जनताले चाहेको न्यायपूर्ण, उत्तरदायी र पारदर्शी सरकार निर्माण गर्नु हो,” संयोजक शिव यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, “आम जनताका प्रश्न नउठाउने, आरोप र अविश्वासमा चुर्लुम्म डुबेका व्यक्तिहरूको नेतृत्वमा अब सरकार बन्नु हुदैन। परिवर्तन र सुधारको यो यात्रामा जनताको बलिदान, विश्वास र योगदानले नयाँ दिशा देखाउनेछ।”

युवा र नागरिकको सक्रिय सहभागितासँगै मधेश प्रदेशमा ‘स्वच्छ राजनीति’को अभियान तीव्र बन्दै गएको संयोजक यादवले बताए। “हामी स्पष्ट छौं — अब मधेशमा स्वच्छ नेतृत्व, पारदर्शी शासन र भ्रष्टाचारमुक्त सरकार नै हाम्रो लक्ष्य हो,” विज्ञप्तिमा उल्लेख छ ।

मधेेश प्रदेशको राजनीतिक इतिहासमा पहिलो पटक यति व्यापक रूपमा ‘नयाँ सोच र जनउत्तरदायी शासन’को माग उठेको बताइएको छ। नागरिकले प्रदेश सरकारसँग सुशासन र पारदर्शिता चाहेका छन्, जुन अब मधेशको नयाँ राजनीतिक चेतनाको आधार बन्ने संकेत देखिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार