मुख्य समाचार
यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले | “आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम |

अन्तर्राष्ट्रिय इस्लामिक कला दिवस नेपालगञ्जमा मनाइयो

यूथ टुडे समाचारदाता 3399+ समाचार ( )
३ मंगशिर २०८२, मङ्गलबार

बाँके  । अन्तर्राष्ट्रिय इस्लामिक कला दिवस २०२५ को अवसरमा नेपालगन्जमा दुई दिने कला प्रर्दशनी शुरु भएको छ । द मदर फाउण्डेशन र नारी विकास केन्द्रको संयुक्त आयोजनामा नेपालगन्जमा प्रर्दशनी शुरु भएको हो ।

दिवसको अवसरमा नारी विकास केन्द्रको हलमा इस्लामिक कला प्रदर्शनी तथा छलफल कार्यक्रम आयोजना गरिएको थियो । सोमबार पुर्व न्यायधिस एवम् द मदर फाण्डेशनका संस्थापक डा. सल्लाहुद्दिन अख्तर सिद्दिकीले उद्घाटन गर्नुभयो । 

आ मंगलबार १८ नोभेम्बरमा इस्लामिक कलाको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सुरु भएको प्रदर्शनीको आज पहिलो दिन नागरिकहरुले अवलोकन गरेका छन । 

ई सं २०१९ मा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को) सम्मेलनको ४० औँ सत्रमा इस्लामिक कलाको अन्तर्राष्ट्रिय दिवस मनाउने घोषणा भएपछि विश्वभरी हरेक वर्ष नोभेम्बर १८ मा यो दिवस मनाउने गरिन्छ ।

यसले इस्लामको अतित र समकालीन कलात्मक अभिव्यक्ति र सभ्यतालाई कलाका माध्यामबाट संस्कृतिमा जागरुकता बढाउने उद्देश्य रहेको आयोजक द मदर फाउण्डेसनका संस्थापक सिद्दिकीले बताउनुभयो । इस्लामिक कला प्रदर्शनीमा दृष्यकला, वास्तुकला, सुलेखन कला, चित्रकला, माटो कला तथा पाककला समावेश गरिएको छ । 

विभिन्न धर्मका कलाहरुलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउनका लागि प्रर्दशन गरिएको छ भने कला संरक्षण तथा सामाजिक सदभावको वाताबरण अझ थप प्रगाड बनाउने विश्वास लिइएको छ । 

प्रर्दशनीको उद्घाटन समारोहमा समाजसेवी महिला शान्ति श्रेष्ठ, नारी विकास केन्द्र नेपालगन्जका सचिव रचना श्रेष्ठ, कोषाध्यक्ष मेनुका बैद्य जोशी, सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिबक्ता विश्वजित तिवारी, वरिष्ठ कलाकार श्यामानन्द सिंह लगायतले कलाको संरक्षण सम्बद्र्धनका लागि संग्रहालय बनाउनुपर्नेमा जोड दिनुभयो । 

प्रर्दशनीमा नेपालगन्जका वरिष्ठ कलाकार श्यामानन्द सिंहले बनाउनुभएको विभिन्न कला मुर्तिलगायत सामाग्री राखिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार