मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

माओवादी केन्द्र बाँकेले ८ वटै पालिकामा नमूनायोग्य श्रमशिविर संचालक गर्ने

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
७ अशोज २०८०, आइतबार

बाँके । नेकपा माओवादी केन्द्र बाँके जिल्ला समन्वय समितिको बैठक विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ । आइतवार खजुरा गाउँपालिकाको वडा नम्बर २ स्थित रिमझिम बजारमा सम्पन्न सचिवालय बैठकले विभिन्न निर्णयहरु गरेको माओवादी केन्द्र बाँकेका सचिव डिल्ली बरालले जानकारी दिए । 

जिल्ला संयोजक नरेन्द्रप्रसाद पाण्डे जेम्सको अध्यक्षता र बाँके जिल्ला इन्चार्ज एवं लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम)को प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको सचिव बरालले जानकारी दिए । 

बरालका अनुसार बैठकले जिल्लाका ८ वटै पालिकामा नमूनायोग्य श्रमशिविर र श्रमदान कार्यक्रमको आयोजना गर्ने, सम्पूर्ण जनवर्गीय संगठन एवं मोर्चाहरुको वडादेखि पालिकासम्मका भेला तथा सम्मेलन असोज महिनाभित्र सम्पन्न गर्ने, पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुको असोज १४ गते प्रशिक्षण कार्यक्रम गर्ने, जनताको सहभागितामा वृक्षरोपण तथा सरसफाई कार्यक्रम गर्ने, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न पार्टीले विषेश पहल गर्ने लगायतका निर्णयहरु गरेको छ । 

बैठकमा सहभागि ८ वटै पालिकाका अध्यक्ष तथा इन्चार्जले अभियानका बारेमा रिपोटिङ गरेको सचिव बरालले जानकारी दिए उनका अनुसार बैठकमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार समिति सदस्य एवं नरैनापुर गाउँपालिका इन्चार्ज प्रकाश सुवेदी (चन्द्रकान्ता) लाई विषेश सम्मान गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार