मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

आफ्नै गाउँपालिकामा कर्मचारीले आगो लगाए

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
२८ भाद्र २०८२, शनिबार

बुटवल । प्युठानको झिमरुक गाउँपालिका कार्यरत एक कर्मचारीले आफ्नै गाउँपालिकामा आगो लगाएका छन्। गाउँपालिकामा कार्यरत रोजगार संयोजक सुदर्शक जिसीले गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको कक्षमा आगो लगाएका हुन्। उपाध्यक्ष प्रमोद पोखरेलको कार्यकक्षमा तोडफोड गरिएको छ। 

गाउँपालिका कार्यालय नजिकै कोठा भाडा लिएर बस्दै आएका जिसीले शुक्रबार राति आगलागी गरेका हुन्। उनी अघिल्लो सरकारको पालादेखि नै गाउँपालिकामा करारमा कार्यरत छन्। आफ्नै गाउँपालिकामा आगो लगाएका कर्मचारी जिसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

‘नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ’,जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक दिपेश बस्यालले भने, ‘गाउँपालिकाले निर्णय गरेर किटानी जाहेरी गर्छौ भनेका छन्’, उनले भने,‘कानुन अनुसार कारबाही हुन्छ।’

कार्यालयकै कर्मचारीले आगो लगाएपछि कर्मचारीहरूमा समेत त्रास देखिएको प्रमुख प्रशासकीय अधिकृत शाकुन्तला अर्यालले प्रतिक्रिया दिइन्। गाउँकार्यपालिकाको आइतबार बिहान साढे ७ बजे बैठक बस्दै छ। 

उक्त बैठकले आगो लगाउने कर्मचारीमाथि कारबाहीका विषयमा निर्णय गर्दैछ। आइतबारसम्म गाउँपालिकाको निर्णय पर्खिरहेको समेत प्रहरी नायब उपरीक्षक बस्यालले बताएका छन्। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार