मुख्य समाचार
राजा खानद्वारा मस्जिदलाई एक लाख सहयोग | स्ववियुलाई स्वतन्त्रतापुर्वक गतिशिलता प्रदान गर्न नेपालगन्ज नर्सिङ क्याम्पसको अध्यक्षमा निर्वाचित भएको अधिकारीको भनाई | नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा अनेरास्ववियुका शाह प्यानलसहित विजयी | संविधान संशोधनअघि बृहत् समीक्षा गरौँ: अध्यक्ष दाहाल | प्रहरी महानिरीक्षकद्वारा पद बहाली, देशको शान्ति सुरक्षा प्रमुख प्राथमिकता | नेपाल प्रहरीको ३१ औं प्रमुखमा दिपक थापा नियुक्त | बाँके प्रहरीद्वारा ट्राफिक कारबाहीमा २९ लाख राजश्व सङ्कलन | राजा खानद्वारा शैक्षिक सहयोग तथा शौचालय निर्माणको शुभारम्भ | धार्मिक भातृत्वका लागि नेपालगञ्जमा सामुहिक रोजा इफ्तार सम्पन्न | गैसस महासङ्घ नेपालका नवनिर्वाचित पदाधिकारी र सभामुख घिमिरे बिच भेटघाट |

प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अहिले अनेक खालका घेराबन्दी रहेको पाण्डेको भनाई

यूथ टुडे समाचारदाता 2516+ समाचार ( )
१५ माघ २०८१, मङ्गलबार

बर्दिया । प्रेस चौतारी नेपालका उपाध्यक्ष गणेश पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अहिले अनेक खालका घेराबन्दी गरिएको बताउनुभएको छ । सोमबार प्रेस चौतारी नेपाल बर्दियाको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै पाण्डेले प्रधानमन्त्री र सरकारविरुद्ध अनेक खालका भ्रम फिँजाउने काम भएको बताउनुभयो । 

‘प्रधानमन्त्री ओलीमाथि घेराबन्दी भइरहको छ, निकै ठुलो भ्रम फैलाउने काम भइरहेको छ, निकै धेरै मिथकहरू फैलाइएका छन्’ उहाँले भन्नुभयो । सरकारले गरेका सकारात्मक कामको पनि चर्चा हुनुपर्नेमा उहाँले जोड दिनुभयो । अहिलेको सरकारले अर्थतन्त्रलाई लयमा फर्काउने र रोकिएका विकास निर्माणलाई अघि बढाउने काम गरिरहेको भन्दै पाण्डेले यस्ता विषय समाचारका विषय बन्नुपर्ने बताउनुभयो ।

अहिले केही शक्तिहरूबाट नेपालको विकासको गति रोक्ने र आत्मनिर्भर नेपाल बनाउने अभियानलाई रोक्ने प्रयत्न भइरहेको पाण्डेले बताउनुभयो । यसतर्फ सञ्चार जगत् सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो । ‘यस्ता प्रवृत्तिका विरुद्ध जुध्न र कलम चलाउन पत्रकारहरूलाई अनुरोध गर्दछु’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार