मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

नरैनापुरबाट सरुवा भएका प्रमुख प्रशासकिय अधिकृत खरालको बिदाई

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
१ फाल्गुन २०८०, मङ्गलबार

बाँके । नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालको सुरुवा भएको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खरालको गत माघ १९ गते सरुवा गरे पछि मंगलबार गाँउपालिकाले एक कार्यक्रमको आयोजना गरी सम्मान सहित बिदाई गरिएको छ । 

गाउँपालिकाले औपचारिक कार्यक्रम गरेर समान सहित बिदाई गरेको निमित्त प्रमुख प्रशासकिय अधिकृत भरत बस्नेतले जानकारी दिनु भयो । १४ महिना नरैनापुरमा काम गरी सक्नु भएका खरालले सरुवा माग गरे पछि मन्त्रालयले दैलेखको डुङ्गेश्वर गाँउपालिकामा सरुवा गरेको हो । खरालको जनप्रतिनिधि,कर्मचारी र सर्वसाधारणले सम्मान गर्दै दोसल्ला ओढाएर गाउँपालिकाको कार्यालयबाट बिदाई गरेका छन । उहाँको थप कार्यकालको शुभकामना दिदै पालिकाबाट बिदाई गरेको सूचना अधिकारी लक्ष्मीकान्त मिश्राले जानकारी दिनु भयो । 

पालिकाको बेरुजु र भुक्तानी फछ्यौटमा प्रमुख प्रशासकिय अधिकृत खरालले खेल्नुभएको भुमिकाको वडा नं. २ का  अध्यक्ष मसूद अहमद शाहले सराहना गर्नुृभएको थियो । बिदाई कार्यक्रममा कर्मठ र मिलनसार अधिकृत खरालको कार्यशैली ,व्यवहार र शिष्टता प्रति जनप्रतिनिधि र कर्मचारीहरुले प्रशंसाका साथै आगामी कार्यकालको शुभकामना पनि व्यक्त गरेका थिए ।

वडा नं. ६ का अध्यक्ष प्रेम मौर्यको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. १ का अध्यक्ष इसाक जोलाह, वडा नं. २ का अध्यक्ष मसूद अहमद शाह, वडा नं. ४ का अध्यक्ष मनोज शर्मा, वडा नं. ५ का अध्यक्ष कृष्ण चन्द्र मार्यै, निमित्त प्रमुख प्रशसकिय अधिकृत भरत बस्नेत, शिक्षा शाखा प्रमुख कृष्ण चौधरी, स्वास्थ्य शाखा प्रमुख नगेन्द्र शाह, कृषि शाखा प्रमुख सदन भण्डारी, महिला विकास शाखा, पशु शाखा प्रमुख, सुरक्षाकर्मी लगायत विभिन्न वडाका सचिव र सर्वसाधरणहरुको सहभागितामा बिदाई गरिएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार