मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

मेयर आचार्यले भनेको ठाउँमा परीक्षा केन्द्र नपरेपछि प्रजिअ रिजालको चरित्र हत्या गरे

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
प्रमाण लिएर आउन मेयर आचार्यलाई प्रजिअको चुनौती
१६ फाल्गुन २०८१, शुक्रबार

बाँके । कोहलपुर नगरपालिकाका मेयर पुर्णप्रसाद आचार्यले आफूलाई ‘भ्रष्ट’ भन्दै फेसबुकमा गालीगलौज गरेपछि बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले प्रमाण ल्याएर आरोप पुष्टि गर्न चुनौती दिएका छन् ।

हिजो बिहिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएका प्रजिअ रिजाललाई मेयर आचार्यले नैतिकरूपमा भ्रष्ट भएको र समाजलाई चौपट पार्न खोजेको गम्भीर आरोप लगाउँदै लामो स्टाटस लेखेका थिए । रिजालमाथि एसईईको परीक्षा केन्द्र निर्धारण गर्दा केही संस्थागत विद्यालयसँग सौदावाजी गरेको मेयर आचार्यले आफ्नो फेसबुक मार्फत् आरोप लगाएका छन् ।

मेयर आचार्यको स्टाटसलाई लिएर प्रजिअ रिजालले मेयरको स्वार्थ पूरा नभएपछि आफूमाथि खनिएको बताए ।

उनले भने, "मेयरले भनेको स्कूलमा सेन्टर परेन । उसको स्वार्थ पूरा भएन । त्यसैले फेसबुकमा लेखेको हो ।"

रिजालले मेयर आचार्यलाई प्रमाण लिएर आउन र प्रमाण ल्याउन नसके कानूनी कारवाही गर्ने भनिसकेको बताए ।

मैले मेयरलाई प्रमाण ल्याएर आउन भनिसकेको छु । यदि उसले प्रमाण ल्याउन सकेन भने कानूनी कारवाही गर्छुु, प्रजिअ रिजालले भने ।

मेयर आचार्यले आफूले भनेको ठाउँमा परीक्षा केन्द्र नपरेपछि आफ्नो चरित्र हत्या गर्न खोजेको रिजालको भनाई छ ।

स्वच्छ छवि बनाएका प्रजिअ रिजालको चरित्र हत्या गर्ने उद्देश्यले मनगढन्ते र कपोलकल्पित स्टाटस सामाजिक सञ्जालमा जथाभावी रूपमा प्रचारप्रसार गर्ने मेयर आचार्यलाई कानूनी दायरामा ल्याई उचित दण्ड सजाय गर्नुपर्ने माग उठेको छ । सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री प्रकाशन, प्रसारण गरेकोले मेयर आचार्यलाई विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गत कारवाही गर्न सामाजिक संजाल प्रयोगकर्ताहरुले माग गरेका छन् । 

प्रतिक्रिया

सुदीप १७ फाल्गुन २०८१, शनिबार

सामाजिक सन्जाल मार्फत इमानदार ब्यक्तीको चरित्र हत्या गर्ने जो सुकै होस कानुनी दायरामा ल्याई कडा भन्दा कडा कारवाही गर्नु पर्छ

सुदीप १७ फाल्गुन २०८१, शनिबार

सामाजिक सन्जाल मार्फत इमानदार ब्यक्तीको चरित्र हत्या गर्ने जो सुकै होस कानुनी दायरामा ल्याई कडा भन्दा कडा कारवाही गर्नु पर्छ

Prem khatri १७ फाल्गुन २०८१, शनिबार

एउटा निष्ठावान कुसल प्रशासकको चरित्र हत्या गर्ने मेयर लाई कारबाही हुनुपर्छ।

jagat Hamal १७ फाल्गुन २०८१, शनिबार

कानुनी दायरामा ल्याउनु पर्छ ।

पुर्ण खवास १७ फाल्गुन २०८१, शनिबार

मेयर लाई कार्बाही गर्नु पर्दछ

विनोद रिजाल १६ फाल्गुन २०८१, शुक्रबार

कानूनी कारवाही गर्नु पर्छ। आचार्य लाई

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार