मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

बाँके इसाई समाजको आयोजनामा एक दिने कार्यशाला गोष्ठी सम्पन्न

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
२० वैशाख २०८१, बिहीबार

नेपालगन्ज । बाँके इसाई समाजको आयोजनामा एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । मंगलबार नेपालगन्जको स्नेहा होटलमा सुरु गरिएको गोष्ठीमा अन्तरधार्मिक मन्चको सहभागिता रहेको थियो ।

गोष्ठीमा बागेश्वरी मन्दिरका मुख्य पुजारी गुरु चन्दनाथाले नेपालगन्ज सद्भावको सहर भएको बताउनु भयो । नेपालगन्जमा सबै धर्मका धर्मावलम्बीहरु मिलेर बसेको हुनाले नै शान्तिको श्वास फेर्न सकेको चन्द नाथले बताउनु भयो । ´हामी धर्मगुरुहरु मिलेर बसेका छौ त्यसैले एक आर्काको सार्वजनिक कार्यक्रममा सहभागी हुन्छौं` पुजारी चन्दनाथको भनाइ थियो । गोष्ठीमा इसाई समाजका अध्यक्ष धनबहादुर पाण्डेले सबै धर्मगुरुहरुलाई स्वागत गर्नुभएको थियो । पास्टर पाण्डेले सबै धर्म मिलेर बसेको कारण बाँके शान्त रहेको स्वागत मन्तव्यका क्रममा बताउनु भयो । मुस्लिम धर्मगुरु मो. ज्याउल मुस्ताफा बुद्ध धर्म गुरु दिलकुमार लामा लगायतले आ-आफ्नो धारणा राख्नु भएको थियो ।

गोष्ठीमा जनजागरण पार्टी नेपालका अध्यक्ष डाक्टर बि.पी. खनाल धर्म तथा आस्थाको स्वतन्त्रताको बिषयमा सहजीकरण गर्नु भएको थियो । नेपाल मानव अधिकार संगठका अध्यक्ष इन्द्र प्रसाद अर्यालले नेपालको संविधान र मानव अधिकारका बिषयमा सहजीकरण गर्नु भयो । ६० जना धर्म गुरुहरुलाई कानुनको बिषयमा अध्यक्ष अर्यालले प्रष्ट्याउनु भएको थियो । अध्यक्ष अर्यालले सहजीकरण गर्दै धार्मिक स्वतन्त्रताका चुनौतीको प्रष्ट पार्नु भयो । धार्मिक स्वतन्त्रताको बिषयमा सहभागी धर्मगुरुहारुले प्रश्न गर्नुभएको थियो ।

कार्यक्रमको संचालन र स्वागत बाँके इसाई समाजका सचिब पास्टर डम्बर बहादुर थापाले गर्नु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार