मुख्य समाचार
आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार |

जेनजी पुस्ता बाँकेको नेपालगञ्ज र कोहलपुरमा प्रदर्शन गर्दै

यूथ टुडे समाचारदाता 3593+ समाचार ( )
२३ भाद्र २०८२, सोमबार

बाँके । नेपालमा बढ्दै गएको भ्रष्टाचार, नातावाद र कृपावादका कारण युवाको पलायन लगायतका कारण देखाउँदै जेनजी पुस्ताले विरोध थालेका छन् । नेपालमा बढ्दै गएको भ्रष्टाचार र नेताका परिवारका सदस्यको रवाफिलो शैलीको विरोध गर्दै जेनजी पुस्ता सडकमा उत्रिएको हो ।

देशव्यापी विरोध प्रदर्शनमा उत्रिएको जेनजीले आज बाँकेको नेपालगन्ज र कोहलपुर प्रदर्शन गर्दैछ । नेपालगन्जको विपी चोक र कोहलपुर चौराहमा बिहान १० बजेदेखि प्रदर्शन लागेका हुन् । देशभर चलिरहेको आन्दोलनमा हजारौं संख्यामा जेनजीहरुको उपस्थिति रहने जनाइएको छ ।

‘हामी शान्तिपूर्ण तरिकाले प्रदर्शन गर्छौ,’ ती युवाले भने, ‘यसको आयोजक यही हो भन्ने छैन । यसमा समूहमा साथीहरू भेला हुनुभएको छ ।’ जेनजी पुस्ताले आन्दोलन गर्ने भनेर केही दिनदेखि सामाजिक सञ्जालमार्फत आह्वान गर्दै आएका छन् ।

उनीहरूले सरकारले सामाजिक सञ्जाल बन्द गरेको र भ्रष्टाचरविरूद्ध प्रदर्शन गर्न लागेका हुन् । प्रदर्शनको क्रममा भाषण नगरिने, नाचगान लगायत कार्यक्रम रहेका छन् । जेनजी पुस्ताको यसपटकको आक्रोश ‘डिजिटल नेटिभ्स’मा देखिएको छ ।

सन् १९९७ देखि २०१२ जन्मेका पुस्तालाई ‘जेनजी’ पुस्ता भनिन्छ । सरकारले सामाजिक सञ्जाल निष्क्रिय गर्ने निर्णय गर्दै अचानक २६ वटा सामाजिक सन्जाल बन्द गरेपछि यसले सबैभन्दा बढी प्रभावित जेनजी पुस्ता भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार