मुख्य समाचार
करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक | जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता | रासायनिक मलको आपूर्ति थप सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो |

रुसी सेनामा थप एक जना नेपालीको मृत्यु

यूथ टुडे समाचारदाता 3514+ समाचार ( )
८ माघ २०८०, सोमबार

काठमाडौं । रुसी सेनामा थप एक जना नेपालीको मृत्यु भएको छ ।

रुसी सेनामा भर्ती भएका रसुवा नौकुण्ड गाउँपालिका– ५ का ३२ वर्षीय सुन्दर मोक्तानको रुस–युक्रेनको युद्धमा परी मृत्यु भएको हो । गाउँपालिका अध्यक्ष नुर्वु स्याङवो घलेले मोक्त्तानको मृत्यु भएको खबर परिवारलाई प्राप्त भएको जानकारी दिए ।

गत भदौमा रुसी सेनामा भर्ती हुन पुगेका उनको मृत्युको खबर गत पुस १२ गते परिवारलाई आइपुगेको थियो । मृतक मोक्तानसँगै रुसी सेनामा पुगेका साथीहरुले परिवारलाई उनको मृत्युको खबर पठाएका थिए । त्यसपछि उनकाबारे थप कुनै खबर आएको थिएन ।

गाउँपालिका उपाध्यक्ष चन्द्रबहादुर गलानले तीन दिन अघिमात्र रुसबाट उनको मृत्युको फोटोहरु आएको अनलाइखबरलाई बताए । ‘रुसका एक जना कमाण्डरले मृतकका फोटोहरु परिवारलाई पठाएका छन्’ उनले भने, ‘मृतकको लाशको फोटोहरु प्राप्त भएपछि परिवारले मृत्यु भएको स्वीकार गरिसकेको छ ।’

मृतक पूर्व नेपाली आर्मी हुन् । उनको घरमा श्रीमती, आमा एक छोरा र एक छोरी छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार